Logo

२०८३, आश्विन ९गते


images
images

निजी विद्यालय सामुदायिक विद्यालयको सहयात्री बन्न चाहन्छन्: अध्यक्ष हमाल

निजी विद्यालय सामुदायिक विद्यालयको सहयात्री बन्न चाहन्छन्: अध्यक्ष हमाल

images
  • निजी विद्यालय सामुदायिक विद्यालयको सहयात्री बन्न चाहन्छन्: अध्यक्ष हमाल
    images
    images

    रुपन्देही । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (एन-प्याव्सन)  का राष्ट्रिय अध्यक्ष पाण्डव हमालले निजि विद्यालयहरू सामुदायिक विद्यालयको सहयात्री बन्न चाहेको बताएका छन्। एन-प्यावसन रुपन्देहीद्वारा आयोजित खेलकुद कार्यक्रममा रुपन्देही आएका अध्यक्ष हमालले सोमबार देवदह प्रेस क्लबमा पत्रकारहरूसंग कुरा गर्दै निजि विद्यालयहरू सामुदायिक विद्यालयको समृद्धिको पक्षमा रहेको स्पष्ट पारे।  

    images
    images
    images

    अहिले पनि सामुदायिक विद्यालयको पूर्वाधार कमजोर रहेको र समयमै पाठ्यपुस्तक पाउनबाट समेत विद्यार्थी बन्चित रहेको धारणा व्यक्त गर्दै अध्यक्ष हमालले आउने शैक्षिक सत्रमा सामूदायिक विद्यालयमा पाठ्यपुस्तकको समस्या झन् बढ्न सक्ने बताए।  उनले भने "शैक्षिक सत्रको अन्त्यसम्म आउँदा अहिले पनि विद्यालयमा पाँच लाख पुस्तक अपुग रहेको छ, शिक्षामन्त्री समेत नरहेको अहिलेको अवस्थामा हेर्दा आउने बर्ष पाठ्यपुस्तक अभाव झन् बढ्ने देखिन्छ।"  "शिक्षामा राज्यले कम्तिमा २० प्रतिशत लगानी गर्नुपर्छ" उनले भने  "७० प्रतिशत विद्यार्थी पढ्ने सामुदायिक विद्यालयमा राज्यको लगानी पुगेको छैन, अहिलेको नगन्य लगानीले उचित प्रतिफल दिन सक्दैन।" 

    images
    images
    images

    राज्यले नै शिक्षामा बिभेद गरेको र आफूहरूलाई फरक व्यवहार गरिएको बताउंदै अध्यक्ष हमालले युग सुहाँउदो सिप र संस्कारयुक्त शिक्षाको लागि निजि विद्यालयले काम गरिरहेको उल्लेख गरे। राज्यसंग स्पष्ट शिक्षा नीति नभएको र नयाँ शिक्षा ऐन समेत नहुँदा अबको १०-१५ बर्षपछिको शिक्षा कस्तो हुने र कस्तो जनशक्ति उत्पादन गर्ने भन्नेमा अहिले पनि राज्यसंग ठोस योजना नभएको उनको धारणा छ। 

    images
    images
    images

    देशभरीका निजि ७ हजार लगानीकर्ताको लगानी रहेका निजि विद्यालयले ३२ लाख विद्यार्थीलाई अध्यापन र हजारौंलाई रोजगारीसंगै राज्यलाई करोडौं कर तिरेर समेत देशको समग्र विकासमा योगदान पुर्याएकोले निजि विद्यालयलाई राज्यले सोहि अनुसार मुल्यांकन गरेर धारणा बनाउनुपर्ने उनको भनाई  छ। 

    सो अवसरमा एन-प्याब्सनका केन्द्रिय सचिव कृष्ण प्रसाद पौडेल, केद्रीय सल्लाहकार राजु गुरुङ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेलले सहजीकरण गरेका थिए।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एन-प्याव्सन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।