Logo

२०८३, आश्विन ९गते


images
images

देवदह सुनचाँदी व्यवसायी संघको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

देवदह सुनचाँदी व्यवसायी संघको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

images
  • देवदह सुनचाँदी व्यवसायी संघको तेश्रो वार्षिक साधारणसभा सम्पन्न
    images
    images

    देवदह । देवदह सुनचाँदी व्यवसायी संघ रुपन्देहीको तेश्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष ईन्द्रबहादुर सुनारको अध्यक्षता र नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष जोगलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

    images
    images
    images

    बार्षिक साधारण सभाको उद्घाटन गर्दै महासंघका केन्द्रिय उपाध्यक्ष विश्वकर्माले व्यवसायीले अब आउने दिनहरुमा नेपाल सुनचांदी व्यवसायीले प्रदेश व्यवसायी संघ, जिल्ला व्यवसायी संघ र स्थानिय व्यवसायी संघलाई निरन्तर साथ र सहयोग गर्ने र आउने दिनहरुमा व्यवसायिलाइ कसरी सहज हुन्छ त्यसरी अगाडि बढ्ने प्रतिबद्धता गर्ने र उहाले व्यवसाय संगै सामाजिक उत्तरदात्यिको काम समेत गर्न आवश्यक रहेको बताए ।

    images
    images
    images

    कार्यक्रममा नेपाल सुनचादी व्यवसायी महासंघ लुम्विनी प्रदेश सचिव हरि विश्वकर्मा, रुपन्देही सुनचादी व्यवसायीका अधयक्ष रामकिशतन सेन्चुरी, जिल्ला उपाध्यक्ष किशोरकुमार सेन्चुरी, महासचिव सिताराम रसाईली, सचिव रेवन्त विश्वकर्मा, संस्थापक अध्यक्ष तिलक विश्वकर्मा, सिद्धार्थनगर सुनचादी व्यवसायी संघका राजन रसाईली, बुटवल सुनचादी व्यवसायी संघका टेकबहादुर सुनार, देवदह नगरपालिका कार्यपालिका सदस्य टिकीसरा सुनार लगायतले आआफना भनाई राखेका थिए । 

    images
    images
    images

    कार्यक्रममा अध्यक्ष सुनारले बार्षिक प्रतिवेदन, सचिव कमल गहतराजले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रोम विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। 

    कार्यक्रममा बार्षिक साधारण सभाको अवसरमा आयोजित व्याडमिन्टन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण तथा दुई जना जनप्रतिनिधिलाई सम्म्मान समेत गरिएको थियो ।

    संघका उपाध्यक्ष सुमन विश्वकर्माको स्वागत र सचिव कमल गहतराजको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।