Logo

२०८३, आश्विन ९गते


images
images

देवदह सुनचादी व्यवसायी संघको तेस्रो अधिवेशन सम्पन्न

देवदह सुनचादी व्यवसायी संघको तेस्रो अधिवेशन सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • देवदह सुनचादी व्यवसायी संघको तेस्रो अधिवेशन सम्पन्न
    images
    images

    देवदह  । देवदह सुनचादी व्यवसायी संघको चौथो साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको एक कार्यक्रमका वीच प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गरेका हुन ।

    images
    images
    images

    अधिवेशनको उद्घाटन गर्दै सांसद विश्वकर्माले सुनचादी व्यवसायीमा युवाहरुलाई पनि जोड दिन आवश्यक रहेकोमा जोड दिए । उनले व्यवसायीले मात्र आर्थिक विकास संगै जिविकोपार्जन गर्न सकिने भएकोले युवाहरुलाई ज्ञान र सीप प्रदान गरेर अगाडि बढ्न आवश्यक रहेको औल्याए ।

    images
    images
    images

    उनले अहिलेको विषयम परिस्थतीमा सुनचादी व्यवसायीहरु सेचत र सजगभ एर व्यवसायी गर्न आग्रह गरे । सांसद विश्वकर्माले व्यवसायी हक हितको लागि सवै एकतावद्ध भएर लाग्नु पर्ने बताउदै आम नागरिकबाट प्रश्न उठन नदिने गरी व्यवसायी गर्नु पर्नेमा जोड दिए । उनले व्यवसायी हक हित संगै व्यवसायीक संघसंस्थाले सामाजिक उत्तरदायित्वका कामहरु समेत गर्नुपर्ने बताए ।

    images
    images
    images

    देवदह सुनचादी व्यवसायी संघका अध्यक्ष ईन्द्रबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा सुनचादी व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष जोगलाल विश्वकर्मा, संघका लुम्विनी प्रदेश अध्यक्ष हरि सुनार, जिल्ला उपाध्यक्ष किशोरकुमार सेन्चुरी, संस्थापक तथा जिल्ला सदस्य तिलक लोहोनी लगायतले बोल्दै सुनचादी समवेदनशिल व्यवसायी भएकोले यसको सुरक्षाको ग्यारेन्टी राज्यले लिनु पर्नेमा जोड दिएका थिए ।

    कार्यक्रममा अध्यक्ष सुनारले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष रोम विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संघको तेश्रो अधिवेशनले पुनः ईन्द्रबहादुर सुनारको अध्यक्षतामा नया समिति गठन गरेको छ । जसको उपाध्यक्षमा सुमन बराल, सचिवमा कमल गहतराज, कोषाध्यक्षमा रोम विक, सहसचिवमा अशोक सुनार, सहकोषाध्यक्षमाा विजय सुनार निर्वाचित हुनु भएको छ । यसैगरी सदस्यहरुमा यम श्रीपाली, यम विक, अर्जुन सुनार, जोगप्रसाद सुनार, वसन्ती सुनार, माया सुनार, राजिव कालिराज रहनु भएको छ ।

    अधिवेशनको पुर्वसन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको रक्तदानमा ३६ जनाले रक्तदान गरेको अध्यक्ष सुनारले जानकारी दिए ।

    देवदह सुनचादी व्यवसायी महिला संघका अध्यक्ष सुजता गहतराजको स्वागत, संघका उपाध्यक्ष सुमन बरालको धन्यवाद ज्ञापन र सचिव कमल गहतराजको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।