Logo

२०८३, कार्तिक २६गते


images
images

भाषण म आफै गर्छुभन्दै मुख्यमन्त्री अधिकारीले मञ्चबाटै पठाइदिए सांसद पहारीलाई

भाषण म आफै गर्छुभन्दै मुख्यमन्त्री अधिकारीले मञ्चबाटै पठाइदिए सांसद पहारीलाई

images
  • भाषण म आफै गर्छुभन्दै मुख्यमन्त्री अधिकारीले मञ्चबाटै पठाइदिए सांसद पहारीलाई
    images

    राजेश पराजुली, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखराको लेकसाइडमा मिलेसम्म रातभर र नभए राति अवेरसम्म भएपनि व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन कास्की प्रहरी प्रमुखलाई पुन: निर्देशन दिएका छन् । त्यसका लागि आफूले थप वातावरण बनाउने भन्दै व्यवसायीसंग बसेर तत्काल निकास निकाल्नपनि कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीलाई उनले निर्देशन दिए । बिहिबार महिला पर्यटन व्यवसायी मञ्चको साधारण सभा एवं अधिवेशनको उद्घाटन सत्रबाटै उनले यस्तो निर्देशन दिएका हुन् ।

    images
    images
    images

    ‘सुरक्षालाई मजबुद पार्दै लेकसाइडका व्यवसायीले सके रातभर नभए राति अवेरसम्म भएपनि व्यवसाय चलाउने वातावरण बनाउनुपर्छ ।’ उनले भने, ‘त्यसका लागि मैले एसपीलाई भेट्न व्यवसायीलाई पठाएको छु । पहिले काम गर्नुपर्छ भाषण म आफै एक घण्टा परेपनि गरिहाल्छु भनेर यहाँ बस्नुभएकी सांसद देवका पहारी र पर्यटन व्यवसायीका नेताहरुलाई पठाएको छु’ उनले भने ।

    images
    images
    images

    यसरी मञ्चबाट उठाएर पठाए सांसद पहारीसहित पर्यटन व्यवसायीलाई महिला पर्यटन व्यवसायी मञ्चको विहिवार भएको पाँचौं साधारणसभा एवं दोस्रो अधिवेशनको उद्घाटन सत्रका प्रमुख अतिथि थिए गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी । लेकसाइडको माउण्ट कैलाशमाको तेस्रो तलामा भएको अधिवेशनमा उनी निर्धारित समय भन्दा केहि ढिलो पुगे । उनी पुग्नु अगाडि नै सुरु उद्घाटन सत्रमा उनलाई आसनग्रहण गराइएपछि औपचारिक रुपमा कार्यक्रमको उद्घाटन मुख्यमन्त्रीले नै गरे ।

    images
    images

    त्यसपछि प्रमुख अथिति भएर बसिरहेकै बेला उनले मञ्च भन्दा अगाडि पहिलो लहरमा बसेका टान पोखराका पूर्व अध्यक्ष हरि भुजेललाई केही संकेत गरे । भुजेल मुख्यमन्त्री अधिकारी पुगेपछि केही कानेखुसी भयो । अनि मुख्यमन्त्री अधिकारीले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीसंग र लाउड स्पिकर मोडमा मोवाइलमा कुरा गर्दै भने ‘त्यो काम किन अगाडि बढेन ? यस्तो कुरालाई तपाईले गम्भिरतापूर्वक लिनुपर्ने हो, म व्यवसायीलाई तत्काल भेट्न पठाइदिन्छु ।’ भन्दै कास्कीका प्रमुख जिल्ला अधिकारीसंग तत्काल मिटिङको तय गर्न भन्दै निर्देशन दिए ।

    त्यसपछि मुख्यमन्त्री अधिकारीले आफ्नो नजिक बसेकी कार्यक्रमकी विशिष्ट अतिथि देवका पहारीलाई ‘व्यवसायीको नेतृत्व गर्दै तपाई गाईहाल्नुहोस् त’ भन्दै निर्देशन दिए । सांसद पहारी अल्मलिँदै आफ्नो बोल्ने पालो आएको संकेत गरिन् । तर, मुख्यमन्त्री अधिकारीको पहारीको साटोपनि म आफै भाषण गर्दिन्छु भन्दै छिट्टो गर्न भने, साथै अरु व्यवसायीहरुलाई पनि तुरुन्त हिँडिहाल्न निर्देशन दिए । आफ्नो सम्बोधनका क्रममा मुख्यमन्त्री अधिकारीले आफूले यसरी पठाएको बारेमा जानकारी दिए ।

    मुख्यमन्त्री अधिकारीले कार्यक्रम सकिएपछि खाना खाने क्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीलाई त्यसैरी नै मोवाइलमा लाउड स्पिकर मोडमै राखेर एसपीसंग व्यवसायी कुरा गर्न पठाएको र छिट्टै बसरेर लेकसाइडलाई राति अवेरसम्म खोल्ने वातावरण बनाउन निर्देशन दिए ।

    यस अघि २० माघमा आफैलाई स्वगत गर्न पोखरा पर्यटन परिषदले आयोजना गरेको कार्यक्रममा पनि उनले यसरी नै एसपी केसीलाई फोन लगाएर लेकसाइड राति पानि खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।