Logo

२०८३, कार्तिक २६गते


images
images

खगराजलाई मुख्यमन्त्रीमा समर्थन गरेका दीपक मनाङेले विश्वासको मत नदिने

खगराजलाई मुख्यमन्त्रीमा समर्थन गरेका दीपक मनाङेले विश्वासको मत नदिने

images
  • सेतोमसी सहकर्मी
  • खगराजलाई मुख्यमन्त्रीमा समर्थन गरेका दीपक मनाङेले विश्वासको मत नदिने
    images

    राजेश  पराजुली, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई सरकार गठन गर्दा समर्थन गरेको सांसद राजीव गुरुङ (दीपक मनाङे) ले विश्वासको मत नदिने भएका छन् ।
    उनले सरकार गठनको बेलामा मुख्यमन्त्री अधिकारीलाई समर्थन गरेपनि विश्वासको मत नदिएर रचनात्मक प्रतिपक्षमा बन्ने बताए ।

    images
    images
    images

    ‘गण्डकी प्रदेशमा एमालेबाट प्रस्ताविक मुख्यमन्त्री माननीय खगराज अधिकारीले लिने विश्वासको मतमा म मनाङ जिल्ला (ख) बाट निर्विरोध निर्वाचित प्रदेशसभा सांसद राजीव गुरुङ प्रतिपक्षमा बस्ने निर्णय गरेको छु’ उनले फेसबुकमा लेखेका छन् ।

    images
    images
    images

    उनले एमालेको २२, माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ मतबाट सरकार बनाउन आवश्यक बहुमत पुगेकोले सरकारमा जानुभन्दा प्रतिपक्षमा बसेर रचनात्मक काम गर्नु उचित ठानेको लेखेका छन् ।

    images
    images

    मनाङे मंसिर १९ गते माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए । मुख्यमन्त्री अधिकारीले आज दिउँसो  विश्वासको मत लिँए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।