देवदह । नेपाल निजामति कर्मचारी संगठन देवदह नगर ईकाई समितिद्धारा आयोजित दोश्रो अन्तरपालिका कर्मचारीस्तरीय फूटवल प्रतियोगिता सुरू भएको छ। मंगलबार एक कार्यक्रमबीच लुम्बिनी प्रदेशसभा सदस्य जानकी न्यौपानेले प्रतियोगीताको उद्घाटन गरिन्।
प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सांसद न्यौपानेले खेलकुदको माध्यमबाट देवदह क्षेत्रको प्रचार प्रसार गर्न सकिने बताईन्। स्थानीय तहमा खेलाडी उत्पादन भएपनि राज्यले संरक्षण गर्न नसक्दा विदेश पलायन हुन अवस्था आएको बताउदै उनले त्यसलाई रोक्नको लागि प्रदेश सरकार लाग्नेमा जोड दिएकी थिइन्।
उद्घाटन कार्यक्रममा देवदह नगरपालिका नगरप्रमुख धुर्ब प्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, नगर प्रवक्ता गणेश डुम्रे नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष रेवन्त गौतम, संगठनका रुपन्देही अध्यक्ष प्रेमप्रसाद खरेल लगायतको उपस्थिति रहेको थियो।
नेपाल निजामति कर्मचारी संगठन देवदह नगर ईकाई समितिका अध्यक्ष विष्णुप्रसाद वस्यालको अध्यक्षतामा भएको कार्यक्रममा ईकाई उपाध्यक्ष रमेश गिरीको स्वागत र सचिव राममणि अर्यालको संचालन रहेको थियो।
उद्घाटन खेलमा आयोजक विजयी
आजै भएको उद्घाटन खेलमा आयोजक देवदह नगरपालिका विजयी भएको छ । आयोजकले शुद्धोधन गाउपालिकालाई शुन्यका विरुद्ध ३ गोल गरी दोश्रो चरणमा प्रवेश गरेको हो । खेलको पहिलो हाफमा आयोजकका खेलाडी रिमकुमार थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको दोश्रो हाफमा अर्का खेलाडी सुमन थापाले दोश्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए । खेलमा रिमकुमार थापाले एक गोल थप्दै ३ गोल बनाएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology