राहुल सापकोटा, देवदह । नेपाल भारत मैत्री संघ देवदह उपाशाखा द्वारा देवदह स्वास्थ्य चौकिलाइ स्वस्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना माहामारिमा अग्रपंक्तिमा रहेर काम गरिरहने स्वास्थ्यकर्मीहरु सुरक्षित रहन सके मात्रै जनताहरु स्वस्थ्य रहन सक्छन भन्दै ३० थान स्यानिटाइजर २५ थान माक्स १० थान फेसियल माक्स अन्य स्वास्थ्य सामाग्री बितरण गरिएको नेपाल भारत मैत्री संघ देवदह उपशाखाका अध्यक्ष रुद्रमान ढकालले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष वासुदेव रिमालले देवदह स्वास्थ्य चौकी खैरेनी बजारको बिचमा अवस्थित रहेको र धेरै जनसंख्यामा उपचारका लागि बिरामी आउने भएकाले देवदह स्वास्थ्य चौकीलाइ उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताए ।
त्यसै गरि विशिष्ट अतिथी देवदह स्वास्थ्य शाखा प्रमुख कासिनाथ बन्जाडेले यो जटिल परिस्थितिमा स्वास्थ्यकर्मीलाई हौसाला प्रदान गर्दै स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद ज्ञापन गरे । बन्जाडेले देवदह स्वास्थ्य चौकीसङ्गै देवदहका अन्य बिकट क्षेत्रलाई पनि यसरी नै सहयोहग गर्न आग्रह समेत गरेका थिए ।
कार्यक्रममा देवदह स्वास्थ्य चौकीका इन्चार्ज डिल्लेस्वर श्रेष्ठ, नेपाल भारत मैत्री सङ्घ देवदह उपसाखाका आजिबन सदस्य सचिन पङ्गेनी र नेपाल भारत मैत्री संघ देवदह उपशाखाकि सदस्य सावित्रा बस्याल लगायतको उपस्तिथि रहेको थियो ।
नेपाल भारत मैत्री संघ देवदह उपशाखाका अध्यक्ष रुद्रमान ढकालको अध्यक्षता, सहसचिव गणेश पौडेलको स्वागत र सचिब दुर्गा नारायण डुम्रे को संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology