Logo

२०८३, श्रावण २७गते


images
images

महामारीमा महान कार्य

एक महिनालाई पुग्ने रासन प्रदानसंगै भुपु विद्यार्थीले मर्मत गरिदिए ८४ वर्षीय बृद्धको घर

एक महिनालाई पुग्ने रासन प्रदानसंगै भुपु विद्यार्थीले मर्मत गरिदिए ८४ वर्षीय बृद्धको घर

images
  • एक महिनालाई पुग्ने रासन प्रदानसंगै भुपु विद्यार्थीले मर्मत गरिदिए ८४ वर्षीय बृद्धको घर
    images
    images

    राहुल सापकोटा, देवदह । समय जटिल छ । खान लाउन पनि समस्या भएका दृश्यहरु जताततै देखिन थालेका छ्न । एस्तो समयमा विभिन्न संघ सङ्ग्ठनद्वारा राहत बितरण गरिएका समाचार हामी दिनहुँ पढ्ने गर्छौँ । तर महामाया भवानी मा. वि. मा अध्यन गरेका भूपू विद्यार्थीहरुको समुह महामाया भवानी मा. वि. भूपू विद्यार्थी मंचद्वारा कोरोना महामारीको अवस्थामा बिपन्न परिवारलाई राहत सङ्गै ८४ बर्षिय एक वृद्धको घर मर्मत गरेर व्यवस्थापन गरिदिएका छन । 

    images
    images
    images

    ८४ वर्षीय वृद्ध हेम बहादुर पुन विगत लामो समय देखि  देवदह ८ बङालि स्थित मन्दिरले केही ठाउँ उपलब्ध गराईदिएको र सोही ठाउँमा बस्दै आएका थिए । परिवारमा कोहि नभएकाले एक्लै, कहिले मागेर त कहिले स्थानियको सहयोगमा आजसम्म उनले आफ्नो जिवन निर्वाह गर्दै आइरहेका छन । 

    images
    images
    images

    वृद्ध  चुहिने छानो र भित्ताविहिन भग्नावेषहरु स्थितिमा रहेको घरमा बस्दै आएका थिए । पानी घर भित्र आउने तथा झाडिले भरिएर बिसालु सर्पहरुको डरमा निकै कष्ठकर रुपमा जीवन चलाउदै आएको कुरा बिद्यार्थीहरु बताउँछन । 

    images
    images
    images

    विद्यार्थी मंचद्वारा वृद्धको घर वरपर सरसफाइ गरी, त्रिपाल तथा अन्य समानले तत्कालको लागि भित्ता बनाउने(बार्ने), वृद्धकालागि आवस्यक १ महिना सम्मको खाद्यन्न उपलब्ध गराएका छन ।

    साथै विभिन्न व्यक्तीहरुको सहयोगमा  उन्लाइ  सिक्टहन खोप केन्द्रमा लगि Covid-19 को पहिलो चरणको खोप समेत लगाईदिएका छन ।
     
    समाजमा एस्ता धेरै व्यक्ती छन जो अझै पनि एक छाक खानका लागि सडकमा गुहार माग्न बाध्य छ्न । यस्तो अवस्थालाई आफ्नो अवस्था सङ्ग तुलना गरेर हेर्ने हो भने  एस्ता व्यक्तीहरु पनि चुहिएको छानोमा भरिएको पेट सङ्गै थामिएको हातले छानो टाल्ने थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।