देवदह । देवदह नगरपालिका वडा नम्बर ७ मा क्रिकेट पिचको उद्घाटन भएको छ। शितलनगरमा निर्मित पिचको सोमबार एक कार्यक्रमबीच देवदह नगर प्रमुख धुर्ब प्रसाद खरेलले उद्घाटन गरेका हुन्।

पिच उद्घाटन गर्दै नगर प्रमुख खरेलले खेलक्षेत्रको विकासमा नवनिर्मित पिच महत्वपुर्ण हुने विश्वास व्यक्त गर्दै पिचको थप स्तरवृद्धि गर्न आगामी दिनमा आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताए। खेलको महत्व र आवश्यकताबारे प्रष्ट पार्दै उनले खेलको विकासका लागि पूर्वाधार विकास र खेलाडीमैत्री वातावरण तयार हुनुपर्नेमा जोड दिए।
पिचको उद्घाटनसंगै आजै उक्त पिचमा खेल सम्पन्न भएको छ। देवदह क्रिकेट युनिट र होराइजन क्रिकेट युनिटबीच भएको मैत्रीपूर्ण खेलमा दुई विकेटले होराइजन क्रिकेट युनिट विजयी भएको पुर्व राष्ट्रिय खेलाडी शक्ति गौतमले जानकारी दिए।

पिच उद्घाटन कार्यक्रममा देवदह क्रिकेट यूनिटका अध्यक्ष अजय थापा, पूर्व अध्यक्ष कमल पाण्डे, स्मृति सामुदायिक बनका अध्यक्ष भरत गुरुङ, बुद्ध पब्लिक स्कूलका प्राचार्य कृष्ण प्रसाद गैरे लगायत स्थानीय संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology