रमेश ब सिंह बझाङ । बझाङमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार एक जना महिलाको मृत्यु भएको छ ।
धनगढीबाट बझाङ सदरमुकाम चैनपुर आइरहेको सुपप्र ०१००१ ख ३०७१ नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको सुपप्र ०१०१० प ५३१७ को मोटरसाइकल आज बिहान ९:३० बजे एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुर्गाथली -३ रकैल कबड्सैन घर भइ हाल केदारस्युँ ९ जुइल बस्दै आएकी २५ वर्षिया अमृता खत्री धामीको घटनास्थलमै मृत्यु भएको हो ।
उनका श्रीमान उत्तम धामी भने हाल भारतमा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक महिला हेयर नेपाल संस्थामा कार्यरत भइ फिल्ड कार्यक्रमका लागि बाग्थला गइरहेको बुझिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology