Logo

२०८३, श्रावण २७गते


images
images

कृषि मन्त्रीसंग मेयर रेनु दाहालको अनुरोध- तरकारीको आयात रोकिदिनु, बजार हामी बनाउँछौं

कृषि मन्त्रीसंग मेयर रेनु दाहालको अनुरोध- तरकारीको आयात रोकिदिनु, बजार हामी बनाउँछौं

images
  • कृषि मन्त्रीसंग मेयर रेनु दाहालको अनुरोध- तरकारीको आयात रोकिदिनु, बजार हामी बनाउँछौं
    images
    images

    भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले तरकारीको आयात बन्द गर्न आग्रह गरेकी छन्। राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजको अधिवेशनमा सहभागी भएकी कृषि तथा पशुपंक्षी मन्त्री ज्वालाकुमारी साहसँग मेयर दाहालले आयात रोकिदिन आग्रह गरेकी हुन्। 

    images
    images
    images

    'किसानले सडकमा तरकारी फालेर विरोध गरेकोप्रति महानगरको ध्यानकर्षण भएको छ। महानगरले यहाँको कृषि उत्पादन बढाउन, लागत मूल्य घटाउन धेरै कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। किसानहरूले उत्पादन पनि बढाइरहनुभएको छ तर यो अवस्थामा यहाँको उत्पादनले बजार नपाउनेगरी भारतबाट तरकारी आउँदा समस्या भयो,' मेयर दाहालले भनिन्, 'मन्त्री ज्यू भारतबाट तरकारी आयात बन्द गरिदिनुपर्‍यो।'

    images
    images
    images

    दाहालले केन्द्रले नीतिगत रूपमा निर्णय गरेर आयात रोकिदिए उत्पादनलाई आत्मनिर्भर बनाउन, बजारीकरण गर्न महानगरले काम गर्ने बताइन्। 

    images
    images
    images

    भारतबाट तरकारीको आयात बढेपछि स्थानीय उत्पादनले बजार नपाएको भन्दै चितवनका किसानहरूले शुक्रबार नारायणगढमा राजमार्गमै तरकारी फालेका थिए।

    यहाँका किसानहरू उत्पादित तरकारीको उचित मूल्यप्राप्तिको ज्ञारेन्टी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन्। 

    प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि बिहान कृषि मन्त्री साहलाई फोन गरेर किसानको समस्या समाधान गर्न आग्रह गरेका थिए।

    बागमती प्रदेशका सांसद उत्तम जोशीले पनि तरकारी, फलफूल, मासुलगायतको आयात बन्द गर्न कृषि मन्त्रीलाई आग्रह गरेका थिए। उनले किसानलाई नभइनहुने रासायनिक मल आयात गर्न नसकेको बताए।

    तर यही उत्पादन भइरहँदा तरकारी आयात गरेकाले किसानलाई मर्का परेको उनले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।