देवदह । महामानव गौतमबुद्धको सन्देशसहित शुक्रबारदेखि सुरू भएको तीनदिने लुम्बिनी-कुशीनगर साईकल यात्राको टोली आज देवदहबाट नवलपरासीको रामग्राम हुँदै भारत प्रवेश गर्दैछ ।
बौद्ध परिपथ साईकल यात्रा संयोजन समितिको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीबाट शुक्रबार साईकल यात्रा सुुरु भएको हो । शुक्रबार लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय (अवधेश कुमार त्रिपाठी) र कोषाध्यक्ष सिद्धिचरण भट्टराईले साईकल यात्राको शुुभारम्भ गरेका थिए भने बुद्ध मावली देवदहमा देवदह नगरपालिका प्रवक्ता गणेश डुम्रे लगायतले यात्रीहरूलाई स्वागत गरेका थिए ।
उषा तृतिक्षुको नेतृत्वमा ४ जना भारतीय सहित ७० जनाको टोलीले लुम्बिनीदेखि कुशिनगरको साइकल यात्रामा जानेक्रममा बुद्ध मावली देवदहमा गौतम बुद्ध राष्ट्रिय उद्यान, पाकरी वृक्ष, भवानीपुर, कन्यामाई, बैरीमाई लगायतका पर्यटकीय स्थलको अवलोकन भ्रमण गरेका थिए।
शुक्रबार राती देवदहमै बसेको साइकल यात्राको टोली आज रामग्राम हुँदै भारत प्रवेश गर्ने र भोलि कुशीनगर पुग्नेछ।
यात्रामा साईकल अभियानकर्मी, बौद्धमार्गी एंव भारतको अनाहदी यात्राका गरी ७० जनाको टोली रहेको छ। साईकल यात्रा संयोजक उषा तितिक्षुुले पञ्चशिल पालना गर्दै हरेक दिन ध्यान, साधनासहित जन्मस्थल लुम्बिनीबाट सुरु भएको यात्रा मावली देवदह, रामग्राम हुँदै कुशीनगरमा पुुगेर समापन यात्राको औपचारिक समापन गरिने बताइन् ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology