देवदह । बौद्ध परिपथ साइकल यात्रा टोलीको देवदह आईपुगेको छ। आज लुम्बिनीबाट साइकल यात्रा सूरु गरेको टोली आजै साँझ देवदह आईपुगेको हो।
उषा तृतिक्षुको नेतृत्वमा ४ जना भारतीय सहित ७० जनाको टोली लुम्बिनीदेखि कुशिनगरको साइकल यात्रामा जानेक्रममा बुद्ध मावली देवदहमा आईपुगेको र सो क्रममा देवादहस्थित गौतम बुद्ध राष्ट्रिय उद्यान र ऎतिहासिक पाकरी वृक्षको अवलोकन गरेको देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले जानकारी दिए।

स्वास्थ्य, सुरक्षा र बातावरणीय़ संरक्षणसंगै नागरिकस्तरबाट नेपाल-भारतको मैत्रीपुर्ण सम्बन्धका लागि समेत बौद्ध परिपथ साइकल यात्रा सुरू गरिएको साइकल यात्रामा सहभागीले जनाएका छन्।
शुक्रबार साँझ देवदहको खैरेनीमा बास बसेको टोली शनिबार नवलपरासीको रामग्राम हुँदै भारतको कुशीनगरतर्फ लाग्ने जनाईएको छ।
(बुद्ध परिपथ साइकल यात्राको टोलीसंग गरिएका थप कुराकानी र तस्वीरहरू सेतोमसीको फेसबुक पेजमा उपलब्ध छन ।)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology