Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता हुने

देवदहमा अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता हुने

images
  • देवदहमा अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता हुने
    images
    images

    देवदह । देवदहमा अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ। शुक्रबार देवदहमा पत्रकार सम्मेलन गर्दै नेपाल निजामती कर्मचारी संगठन देवदह इकाई समितिले माघ २४ देखि २७ सम्म  अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो। 

    images
    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै इकाई समिति अध्यक्ष विष्णु प्रसाद बस्यालले विक्रम सम्बत २०७३ मा सुरू गरिएको कार्यक्रम विविध कारणले बिचका बर्षमा गर्न नसकिएको भए पनि दोस्रो संस्करणको रूपमा अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको बताए। खेलको माध्यमबाट स्थानीय ऎतिहासिक, पुरातात्विक र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने, अन्यपालिकासंग मैत्रीपुर्ण सम्बन्ध स्थापित गर्ने र कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्यको लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जानेको छ। 

    images
    images
    images

    प्रतियोगितामा १६ टिम सहभागी हुने प्रतियोगिता देवदहको पानबारी खेलमैदानमा संचालन हुनेछ। प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार नगद, दोस्रो हुनेलाई ३१ हजार नगद सहित शिल्ड, मेडल र  प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। त्यसै गरि मेन अफ द म्याच हुनेले १ हजार नगद र मेन अफ द सिरिज हुने खेलाडी कर्मचारीलाई ३ हजार नगद पुरस्कार प्रदान गरिने छ। 

    images
    images
    images

    ९ लाख ३० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगितामा देवदह नगरपालिका, प्रदेश खेलकुद परिषद र अन्य सहयोगदाताको आर्थिक सहयोग गर्ने आयोजकको जनाएको छ। प्रतियोगिताको संयोजक सुमन थापा रहेका छन् भने सह-संयोजकमा सुरज पोखरेली र सागर भट्टराई रहेका छन् । 

    प्रतियोगिता आयोजक संस्था नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय पार्सद सदस्य राम प्रसाद शर्मा, जिल्ला सदस्य गंगा प्रसाद पन्थी, पेशागत महासंघ नेपाल देवदहका अध्यक्ष पर्शुराम ढकाल, संगठनका देवदह सल्लाकार मित्र बहादुर थापा लगायतको उपस्थितिमा सम्पन्न पत्रकार सम्मेलको संचालन राममणी अर्यालले गरेका थिए। 

         

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।