Logo

२०८३, श्रावण २७गते


images
images

लुम्बिनी प्रदेशका सभामुखद्वारा देवदह महोत्सवको तयारीबारे चासो 

लुम्बिनी प्रदेशका सभामुखद्वारा देवदह महोत्सवको तयारीबारे चासो 

images
  • लुम्बिनी प्रदेशका सभामुखद्वारा देवदह महोत्सवको तयारीबारे चासो 
    images
    images

    देवदह । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरले देवदह महोत्सवको तयारीबारे चासो राखेका छन्। बिहिबार देवदहस्थित मेला सचिवालयको कार्यालय पुगेर सभामुख घर्ती मगरले महोत्सव तयारीबारे जानकारी लिएका हुन्। 

    images
    images
    images

    मेला मूल आयोजक समितिका संयोजक सहित पदाधिकारीसंग छलफल गर्दै सभामुख घर्तिमगरले देवदह मेलालाई सामान्यभन्दा पृथक बनाउनुपर्ने जोड दिए। महोत्सवमा कृषि र पर्यटनलाई महत्व दिन अनुरोध गर्दै सभामुख घर्तीमगरले कृषि र उत्पादनमुलक उद्योगको विकास विना समृद्धि सम्भव नहुने बताए। विदेशमा निर्मित सामान आयात गर्ने र त्यसलाई बिक्रि गर्ने गर्दा केहि व्यक्तिलाई फाइदा हुने भएपनि मुलुकलाई त्यसले अपेक्षित फाइदा नहुने बताए। 

    images
    images
    images

    यसप्रकारका महोत्सवहरूले पुंजीलाई चलायमान गराउन सहयोग पुर्याउने उल्लेख गर्दै सभामुख घर्तीमगरले महोत्सव सफलताको शुभकामना व्यक्त गरे। 

    images
    images
    images

    सो अवसरमा मेला आयोजक मूल समितिका संयोजक मेघराज ढकाल, उद्योग व्यापार संघ देवदहका संस्थापक अध्यक्ष गोविन्द ठटराई, संस्थाका सल्लाहकार मोतिलाल ढकाल, तुलसी न्यौपाने लगायतले पहिलो देवदह महोत्सवदेखि हालसम्मका महोत्सवका उपलब्धिबारे सभामुखलाई जानकारी गराउंदै देवदह महोत्सवको महत्वको चर्चा गरेका थिए। 

    विक्रम सम्बत २०६८ सालबाट सुरू भएको देवदह महोत्सवको ७औ संस्करण यहि माघ २६ देखि फाल्गुन १० गतेसम्म देवदहको देवदह मण्डपमा हुदैछ। मेला संचालन गर्ने दिन नजिकिदै गर्दा तिब्र तयारीमा आयोजक समिति जुटेको छ। जसका लागि विभिन्न समुदाय, समूह र व्यक्तित्वहरूबाट दिनहुँ सुझाब संकलन गर्ने र योजना बनाउने काममा आफूहरू जुटेको मेला सचिवालयका संयोजक थानेश्वर लम्सालले जानकारी दिए। 

    महोत्सवमा १५० स्टल रहने र दैनिक हजारौं व्यक्तिले मेलाको अवलोकन गर्न मिल्ने गरि व्यवस्था गरिएको आयोजकले जनाएको छ। 

    महोत्सवमा देवदह आइडल, विद्यालय स्तरिय लोकनृत्य, विज्ञान प्रदर्शनी, देवदहका पर्यटकीय स्थलको चिनारी र थप योजनाबारे गोष्ठी-सेमिनार, जातिय पहिचान सहितका सांस्कृतिक होटल आदि अवलोकन गर्न र राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति हेर्न सकिने जनाईएको छ।   

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।