Logo

२०८३, आश्विन ९गते


images
images

१० गल्ती जसले हुनसक्छ तपाईंको फेसबूक एकाउन्ट 'ह्याक'

१० गल्ती जसले हुनसक्छ तपाईंको फेसबूक एकाउन्ट 'ह्याक'

images
  • १० गल्ती जसले हुनसक्छ तपाईंको फेसबूक एकाउन्ट 'ह्याक'
    images
    images

    काठमाण्डाै ।  प्रविधिको युगमा सामाजिक सञ्जालबाट कोही टाढा छैनन् । नेपालमा पनि लाखाैँकाे सङ्ख्यामा सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । तर के हामीले सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गरिरहेका छाैँ ? सामाजिक सञ्जाल विज्ञ  सन्ताेष सापकोटाका अनुसार सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हुने सामान्य गल्तीहरू यस्ता छन् जसले हुनसक्छ एकाउन्ट 'ह्याक' :-

    images
    images
    images

    १. जुन पायो त्यही एप वा वेबसाइटमा फेसबुक लग इन : यसरी थर्ड पार्टी एप्सहरूलाई अनुमति दिँदा त्याे एप/वेबसाइटले प्रयाेगकर्ताकाे प्राइभेट डाटासम्म लिने गर्छ, जसले फेसबुक खाता ह्याकसम्म हुन सक्छ । यसरी अनुमति दिँदा त्याे एप/वेबसाइटले प्रयाेगकर्ताकाे टाइमलाइनमा पोस्ट गर्नेदेखि व्यक्तिगत जानकारी पनि लिन सक्षम हुन्छ ।

    images
    images
    images

    २. टू फ्याक्टर एथेन्टिकेशन अन नगर्नु: टू फ्याक्टर एथेन्टिकेशन अन नगर्नु प्रयाेगकर्ताकाे गल्तीमात्रै हाेइन मुर्खता पनि हुन सक्छ । यो सेटिङबाट प्रयाेगकर्ताले प्रत्येक पटक नयाँ उपकरण अथवा नयाँ लोकेसनबाट फेसबुक लग इन गर्दा आफूले दर्ता गरेको विकल्पअनुसार लग इन कोड पठाउने गर्दछ, जसको मद्दतले मात्र लग इन सफल हुनेछ ।

    images
    images
    images

    ३. फेसबुक खातासाँग लिङ्क भएको इमेल/फोन नम्बर सुरक्षित नराख्नु : यसले प्रयाेगकर्तालाई तत्काल नभए पनि एकदिन पक्कै समस्या दिन्छ । पासवर्ड परिवर्तन गर्दा होस् या नयाँ फोनमा लग इन गर्दा या पासवर्ड बिर्सिँदा तपाईँलाई फेसबुक खाता लिङ्क भएकाे इमेल/फोनको आवश्यक पर्छ । ( लिंक भएको इमेलमा पनि टु फ्याक्टर एथेन्टिकेशन अन गर्न नभुल्नु होला ) ।

    ४. कुनै पनि वेबसाइटमा गएर आफ्नो डकुमेन्ट अपलोड गर्नु : कुनै पनि वेबसाइट जस्तै– जेपीइजी टु पीडीएफ कन्भर्टर जस्ता वेबसाइटमा गएर आफ्नो सरकारी डकुमेन्ट (पासपोर्ट, लाइसेन्स ) अपलोड गर्नु हुँदैन ।तपाईँकाे डकुमेन्टको मद्दतले फेसबुक खाता ह्याक हुन सक्ने खतरा हुन्छ । 

    ५. कुनै पनि एरियामा फ्री वाइफाईको प्रयोग : कुनै पनि ठाउँमा फ्री वाइफाई पाएँ भन्दैमा हत्तपत्त जोडेर चलाइ हाल्नु एकदम गलत हाे । जसले गर्दा तपाईँको फोनमा हमला गरेर फोन हाइज्याकसम्म गर्न सक्छन् ।

    ६. कसैले भाेट गर्दिनुस्/शेयर गर्दिनुस् भनेर पठाएको लिङ्क : यदि तपाईँलाई कसैले यो लिङ्क खोलेर फेसबुकमा लग-इन गरेर भोट गर्दिनुस् भन्छ अथवा कुनै पनि लिङ्क खोल्दा लग इन माग्छ भने सतर्क हुनुहाेस् । यस्ता लिङ्क खाेल्नु भनेकाे तपाईँको खाता ह्याक हुन एक कदममात्र बाँकी हुनु हाे ।

    ७. मेरो खातामा समस्या आयो, तपाईँको फोनमा आएकाे काेड दिनुस् भन्नु : यदि कसैले तपाईँलाई यो सन्देश पठाउँछ भने बुझ्नुस् त्यो मान्छेको खाता पहिले नै ह्याक भइसकेको छ । याे अवस्थामा कुनै पनि साेसल मिडियाबाट आएकाे कोड कसैसँग पनि शेयर गर्नु हुँदैन । यसरी कोड दिँदा तपाईँको खाता ह्याक हुने पक्का छ ।

    ८. अनलाइन कमाइ भन्दै पठाइएको लिङ्क : फलानो वेबसाइटबाट मैले यति कमाए भन्दै कसैले लिङ्क पठाउँछ भने कहिले पनि त्यो लिङ्क खोल्ने काम नगर्नुस्, एकै क्लिकमा खाता ह्याक हुन सक्छ ।

    ९. फेसबुक पेजमा विज्ञापन हालेको ७००/८०० डलर दिन्छौँ भन्ने इमेल : तपाईँकाे फेसबुक पेज हामीलाई मन पर्‍याे, त्यसमा विज्ञापन राखिदिनुस्, हामी यति पैसा दिन्छौँ भन्दै इमेल वा म्यासेज आउँछ भने त्यसलाई वस्ता नगर्नुस् । फकाइ–फकाइ तपाईँको पेज ह्याक गरिने छ ।

    १०. ब्लुटुथ जति बेला पनि अन अवस्थामा छोड्नु : अहिले स्मार्ट घडी र एयरफोनका लागि ब्लुटुथ जुनसुकै बेला अन छोड्ने चलन छ तर यो निकै घातक हुन सक्छ । सीमित दायरामा भएको डिभाइसलाई ब्लुटुथकाे माध्यमबाट सजिलै सङ्क्रमित गर्न सकिन्छ । यसरी तपाईँको फेसबुकमात्र नभइ मोबाइलमा रहेको सबै कुरा ह्याकरको कब्जामा हुन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फेसबूक एकाउन्ट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।