Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा जन्मियो 'अनलाइन मिडिया क्लब', अध्यक्षमा सेतोमसी सम्पादक पोखरेल चयन

देवदहमा जन्मियो 'अनलाइन मिडिया क्लब', अध्यक्षमा सेतोमसी सम्पादक पोखरेल चयन

images
  • देवदहमा जन्मियो 'अनलाइन मिडिया क्लब', अध्यक्षमा सेतोमसी सम्पादक पोखरेल चयन
    images
    images

    राहुल सापकोटा, देवदह । रुपन्देहीको देवदहमा स्थापित मिडियामा क्रियाशिल पत्रकारहरुको भेलाले अनलाइन मिडिया क्लब, देवदह गठन गरेको छ । देवदहको खैरेनीमा भएको भेलाले देवदहमा रहेर विभिन्न अनलाइनमा कार्यरत पत्रकारलाई संगठित गर्ने उद्देश्य सहित उक्त संस्था गठन गरेको हो ।

    images
    images
    images

    भेलाले सेतोमसीका सम्पादक बिष्णु पोखरेलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । जसको उपाध्यक्षमा ध्रुव लामिछाने, सचीवमा निर्मल एस. पि. मगर, सह-सचीवमा ललिता घिमिरे र कोषाध्यक्षमा प्रदिप भट्टराई रहेका छन ।साथै, सदस्यहरुमा सुरज भट्टराई, राहुलदेव सापकोटा, भरत नेपाली, बन्दना काफ्ले, संजय गुरुङ र सुरज बस्याल रहेका छन् भने २ महिला सदस्य पछि चयन गर्ने गरि रिक्त राखिएको छ ।

    images
    images
    images

    नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति रुपन्देही सदस्य टंक सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाबाट गठित 'अनलाइन मिडिया क्लब' ले देवदहमा क्रियाशिल पत्रकारको हकहितको पक्षमा काम गर्दै संचार माध्यमहरुलाई समेत थप संयमित र जिम्मेवार भएर कार्यसम्पादन गर्ने कार्यमा भुमिका खेल्ने जनाईएको छ ।

    images
    images
    images

    भेलामा सेतोमसी, गुराँस अनलाइन, अञ्जुली अनलाइन, पिवि खबर, कामना डेली र ई-लुम्बिनीखबर लगायतका मिडियामा काम गर्ने पत्रकारहरुको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।