Logo

२०८३, आश्विन ९गते


images
images

बुद्धस्थलको प्रवद्र्धन गर्न फागुनमा मूर्तीकार्यशाला गरिने

बुद्धस्थलको प्रवद्र्धन गर्न फागुनमा मूर्तीकार्यशाला गरिने

images
  • बुद्धस्थलको प्रवद्र्धन गर्न फागुनमा मूर्तीकार्यशाला गरिने
    images
    images

    लुम्बिनी । प्राचिन कपिलबस्तु राज्यका शाक्यहरुको सामूहिक बध गरेको बुद्धकालिन कपिलबस्तुको सगरहवामा आगामि फागुन २३ गते देखि कपिलबस्तु राष्ट्रिय मुर्तिकला कार्यशाला हुने भएको छ । लुम्बिनी विकास कोषले गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनी विश्व सम्पदामा सूचीकृत भएको २५ औं बर्षको उपलक्ष्य पारेर सगरहवा क्षेत्रको पुरातात्विक महत्व उजागर गर्दै पर्यटन प्रर्वद्धन गर्ने गरि मूर्तीकला कार्यशाला गरिने भएको हो । 

    images
    images
    images

    सोमबार कोषले कपिलबस्तुका राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य सहित स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता एंव सरोकारवालाहरुको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम गरि सगरहवाको प्रचार प्रसार र प्रवद्र्धन गर्न प्राज्ञ कलाकारहरुबाट बौद्धकालिन चित्रण मुर्तीमा उतार्ने गरि कार्यशाला गर्ने निर्णय गरिएको हो ।

    images
    images
    images

    अन्तरक्रिया कार्यक्रममा राष्ट्रियसभा सदस्य विमला घिमिरेले प्राचिन राजधानी र गौतमबुद्धले २९ बर्ष विताएको तिरौटाकोट दरवार सहित ७ वटा बुद्धका महत्वपूर्ण क्षेत्र भएर पनि ओझेलमा परेको बताईन । उनले कपिलबस्तुको सगरहवा पुरातात्विक र ऐतिहासिक थलो भएकाले यहाँ हुने मूर्तीकार्यशालाले थप उर्जा थप्ने बताईन ।‘कपिलबस्तु आफैमा खुल्ला संग्रालय हो,’ राष्ट्रिय सभा सदस्य घिमिरेले भनिन–‘अब कपिलबस्तुका बौद्ध क्षेत्रहरुको विकास, अन्वेषणमा राज्यले ध्यान दिनुपर्छ ।’

    images
    images
    images

    कार्यक्रममा कपिलबस्तु क्षेत्र न. १ का प्रतिनिधिसभा सदस्य बलराम अधिकारीले गौतमबुद्धको घर र परिवार नै कपिलबस्तु राज्यमा विताएकाले यो क्षेत्रको विकासमा कन्जुस्याई भइरहेको बताए । उनले विकास कोषले सगरहवाको पुरातात्विक र ऐतिहासिकता प्रदर्शन गर्ने गरि कार्यशाला गर्न लाग्नु सकरात्मक भएको भन्दै यसले कपिलबस्तुको बुद्धकालिन क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।


    यस्तै कपिलबस्तु १ को क का लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले लुम्बिनीमा आउने लाखौं पर्यटकलाई मध्यनजर गरेर सगरहवामा बुद्धका विचार र सन्देश दिने गरि मूर्ती बनाउन आवश्यक रहेको बताए । उनले सगरहवा प्राचिन शाक्यहरुको राज्य रहेकाले यसको विकाससँगै त्यहाँको पुरातात्विक महत्व पनि आम मानसिहरुलाई थाहा हुने बताए । पन्थीले सगरहवा अहिले पोखरी मात्रै रहेकाले त्यहाँ पर्यटकका लागि मूर्ती कार्यशालाले टेवा पुग्ने बताउँदै स्थानीयहरुलाई आम्दानीसँग पनि जोड्ने बताए ।

    शाक्यमुनी बुद्धको जीवनको उतारार्धतिर कोशाला राज्यका राजा विरुढकले प्रतिशोधका कारण कपिलबस्तु राज्यका शाक्यहरुको बध गरेको स्थानका रुपमा सगरहवालाई चिनिन्छ । संरक्षण विहिन अवस्थामा रहेको र नजिकै मानवनिर्मित जगदिशपुर तालसँग जोड्दै पर्यटक आर्कषित गर्न स्थानीयहरुको समेत अपन्तव हुने गरि कार्यशाला गर्ने निर्णय गरिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज) ले जानकारी दिए । 

    उनका अनुसार लुम्बिनी विकास कोष मूख्य आयोजक र कपिलबस्तु नगरपालिका आयोजक रहने गरि प्रारम्भिक तयारीका लागि कमिटिहरु गठन गरिएको छ । आगामि फागुन २३ गते फागु पूर्णिमादेखि चैत पूर्णिमासम्म एक महिनाको अवधी राखेर सगरहवाको ऐतिहासिक तथा बौद्धकालिन पुरातात्व झल्कने गरि मूर्ती निर्माण गरिने कोषाध्यक्ष भट्टराईले बताए ।

    अन्तरक्रिया कार्यक्रममा कपिलबस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले कपिलबस्तु आफैमा बौद्धकालिन सभ्यताले भरिपूर्ण रहेकाले मूर्तीकार्यशाला सम्पन्न गर्न आफुहरु सहयोग गर्न तयार रहेको बताए । उनले पुरातात्विक स्थलमा नगरपालिकाले निर्माणका कामहरु गर्न नसकेपनि बाहिरी क्षेत्रलाई बुद्धमय बनाउने गरि काम गर्ने प्रतिबद्धता जनाए ।

    कपिलबस्तुका स्थानीय एंव बौद्ध बिषयका विज्ञ पोमनारायण पौडेलले सगरहवा शाक्य बंशको सामूहिक बध गरिएको र सम्झनामा सयौं स्तुपा निर्माण गरिएको चिनियाँ यात्रीहरुले यात्रा वर्णनमा उल्लेख गर्दै बताउँदै यो क्षेत्र बुद्धकालिन सभ्यताको प्रमाणका रुपमा रहेको बताए । सगरहवामा ३ हजार बर्षअघिका पुरातात्विक बस्तुहरुको संरक्षण गर्ने गरि विकास कोष र पुरातात्व विभागले काम गर्नुपर्ने बताए ।
     
    मूर्तीकार्यशालाले सगरहवाको प्रचार प्रसारमा ठूलो सहयोग पु¥याउने बताउँदै दीर्घकालिन रुपमा यसको संरक्षण गर्ने गरि स्पष्ट योजना ल्याउन उनको सुझाव छ । उनले कपिलबस्तुमा बुद्धकालिन अवस्थाका महत्वपूर्ण स्थलहरु रहेकाले यहाँको विकासका लागि छुट्टै प्राधिकरण आवश्यक रहेको बताए । सगरहवामा सन् १८९७ मा नेपाल सरकारको तर्फबाट डा. फुरहरद्धारा गरिएको उत्खनन अन्वेषणमा ठूलो र वर्गाकार स्तुपको चारै दिशामा ससना स्तुपा र १७ वटा ठूला स्तुपा एंव मुख्य स्तुपाभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथ ारुवी लगायतका सामाग्री भेटिएको थियो ।  

    कार्यक्रममा  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कमल चुँदाली, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. अब्दुल रसिद खाँन, नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य गीता अञ्जान केसी, नेकपा एमाले कपिलबस्तुका अध्यक्ष डम्बर शर्मा, कपिलबस्तु नगरपालिका वडा न. ९ का वडाअध्यक्ष दीपक गुरुङ, नेपाली काँग्रेसका नेता देवेन्द्र कुमार पोख्रेल, राष्ट्रिय जनमोर्चाका नेता देवेन्द्र कुमार पोख्रेल, नेपाल ललितकला प्रज्ञ प्रतिष्ठानका प्राज्ञसभा सदस्य गोविन्द चौधरीले बोल्दै कार्यशालाले पर्यटन प्रवद्र्धन र सगरहवाको ऐतिहासिकताको प्रचार हुने बताए ।
     
    मूर्तीकार्यशाला अन्तर्गत पहिलो चरणमा छलफल गरिएको र आगामि दिनमा स्थानीय आमा समूह, सामुदायिक वन एंव सरोकारवाला सबै पक्षलाई समेटेर अगाडि बढ्ने लुम्बिनी विकास कोष कपिलबस्तु कार्यालयका प्रमुख माधव प्रसाद आचार्यले जानकारी दिए । कोषले कार्यशाला सम्पन्न गर्न कपिलबस्तुबाट निर्वाचित राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यहरुलाई संरक्षक, सबै राजनीतिक पार्टीका एक/ एक जना प्रतिनिधिहरुलाई सल्लाहकार र विज्ञहरुको छुट्टै कमिटि गठन गरेर तयारीमा जुट्ने जनाएको छ। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।