रेशम अधिकारी, सुनवल । कोभिड महामारीका कारण करिब दुई वर्षदेखि रोकिएका मेला–महोत्सव पुनः सुरु हुन थालेका छन् । पुस लाग्नेबित्तिकै मेला–महोत्सवको सिजन सुरु हुन्छ । देशका धेरै ठाउँहरूमा १ पुसदेखि नै मेला–महोत्सव सुरु भइसकेका छन् भने कतिपय ठाउँमा तयारी भइरहेको छ।
माघ १० गते संघिय सरकारका कानुन मन्त्री धुब्र बहादुर प्रधानद्वारा उदघाटन गरिएको दोस्रो सुनवल ब्यापार मेलामा माघ १४ गते शनिबारमात्र १० हजारले अवलोकन गरेका छ्न् ।
ब्यापार मेलाका मिडिया संयोजक रमेश भुसालका अनुसार १० हजार भन्दा वढि अवलोकनकर्ताहरुले मेला अवलोकन गरेका हुन । चर्चित कलाकारहरु र बिदा भएकाले पनि शनिबार अवलोकनकर्ताको संख्या बढेको उनले बताए। मेला अवधिभर नयाँ चर्चित र लोकप्रिय कलालकारहरुको प्रस्तुति रहने भएकाले पनि अवलोकन कर्ताहरुको उपस्थीति दिनप्रतिदिन बढ्दै जानेमा आयोजक विश्वस्त रहेको उनको भनाई छ ।
दर्शकहरुलाई गायक प्रकाश दुतराज, लोक दोहोरी गायिका कला लम्साल, लोक दोहोरी गायक भुपराज न्यौपाने, लोक दोहोरी गायिका लक्ष्मी बस्नेत,लगायतले आफ्नो प्रस्तुति दिनुका साथै दर्शक नचाएका थीए।
महोत्सवका सुरुवाती दिनदेखीनै दर्शकहरुको चाँप बढेपछि ब्यबसायका लागि स्टल रखेका ब्यापारीहरु पनि उत्साही भएका छन् ।
महोत्सवमा राखिएका कृषि जन्य उत्पादनका स्टल, महिला लघुउद्यमी र घरेलुउद्योगका उत्पादन सहितका स्टलमा पनि दर्शकहरुको रुचि देखीएको छ । बाल उद्ययन संगै टिकटक जोनमा पनि दर्शकको निकै भिड लागेको थियो । विभिन्न जात जातीका परम्परगत घर संगै खाना खाजाका परिकार पनि दर्शकलाई निकै रुचिको विषय बनेको छ ।
ब्यापार मेलामा एक सय पचास बढी स्टल रहेकाछन् भने १० करोडको कारोबार हुने आशा गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology