Logo

२०८३, आश्विन ९गते


images
images

चेक बाउन्सका उजुरी बढे

चेक बाउन्सका उजुरी बढे

images
  • चेक बाउन्सका उजुरी बढे
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश (चितवन) । जिल्लामा चेक बाउन्सका मुद्दा बढ्दो क्रममा रहेका छन् । कात्तिक महिनामा स्थापना भएको बैङ्किङ कसुर तथा अपराध अनुसन्धान शाखामा अहिलेसम्म दुई सय ११ निवेदन परेका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयका अनुसार परेका निवेदनमध्ये ६७ मुद्दा दर्ता भएका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दर्ता भएका मुद्दामध्ये २६ मुद्दा फैसला भएका छन् ।

    images
    images
    images

    यस्तै परेका निवेदनबाट २१ आन्तरिक छलफलबाट टुङ्ग्याइएको उनले बताए । चेक बाउन्सका दैनिक तीन हाराहारी उजुरी पर्ने गरेका छन् ।” उजुरी जग्गा व्यवसाय, उद्योगी व्यापारी र निर्माण व्यवसायीका रहेको उनले बताए  ।

    images
    images
    images

    चेक अनादर गर्ने क्रम बढ्दो क्रममा रहेको जनाउँदै उनले पैसा कमाउन सजिलो बाटो रोज्दा समस्या बढेको बताए । बैङ्किङ् कसुरमा मुद्दा लागेका व्यक्तिलाई बिगो बराबरको जरिवाना र बिगो अनुसारको एकदेखि पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ । पछिल्लो समय चेकलाई केही होइन भन्नेको सङ्ख्या बढ्दो रहेकाले पनि समाजमा बैङ्किङ कसुर बढ्दै गएको पण्डितले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।