Logo

२०८३, आश्विन ९गते


images
images

सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

images
  • सुनको मूल्य हालसम्मकै उच्च
    images
    images

    काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

    images
    images
    images

    आजका लागि छापावल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ९ सय रुपैयाँ तोकिएको छ । जुन हालसम्मकै नेपाली सुन बजारको इतिहासमा सबै भन्दा उच्च मूल्य भएको महासंघले जनाएको छ ।

    images
    images
    images

    यस्तै आज तेजावी सुनको मूल्य एक लाख ६ हजार ४ र चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ तोकिएको छ । यस अघि सुनको उच्चतम् मूल्य तीन दिन अघि १० माघमा कायम भएको थियो ।

    images
    images
    images

    सो दिन यस अघि २०७८ फागुन २५ गते कायम भएको सुनको उच्चतम् मूल्य एक लाख पाँच हजार ५०० रुपैयाँको बिन्दू पार गर्दै एक लाख ६ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    उच्चतम् रेकर्ड बिन्दुबाट बुधबार तोलामा एक सय रुपैयाँले सस्तो भएको सुनको मूल्य बिहीबार पुनः उकालो लागेको हो ।

    बिक्री मूल्य उच्च भएपछि सुनको कारोबार गत साता देखि नै प्रभावित भएको महासंघले जनाएको छ ।

    एक लाख रुपैयाँ तोलामा मूल्य नाघ्ने बित्तिक्कै सुनको नयाा गहना खरिद गर्न आउनेहरु घटेको महासंघका महासचिव धर्म सुन्दर बज्राचायले बताए ।

    उच्चतम् मूल्यका कारण पुराना गहनाहरु बिक्रीका लागि आउनेहरूपनि गत सातादेखि नै बढिरहेको उनको भनाइ छ ।

     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।