Logo

२०८३, आश्विन ९गते


images
images

सकियो एघारौं पोखरा महोत्सव 

सकियो एघारौं पोखरा महोत्सव 

images
  • सकियो एघारौं पोखरा महोत्सव 
    images
    images

    राजेश  पराजुली, पोखरा । पुष२७ देखि  पोखराको अमरसिंहचौरमा सञ्चालन भएको पोखरा महोत्सव सम्पन्न भएको छ । १४ दिन सम्म सञ्चालन भएको पोखरा महोत्सवको समापन गर्दै कास्की क्षेत्र नम्बर १ का सांसद माननीय मन बहादुर गुरुङले युनाइटेड क्लब पोखराले सामाजिक कामका लागीनै महोत्सवको आयोजना गरेर अगाडि वढिरहदा अन्य संघ संस्थाहरुले पनि यस्ता कामलाई अनुसरण गर्नुपर्नेमा जोड दिए । 

    images
    images
    images

    महोत्सवको आयोजना गरी गण्डकी प्रदेशमा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण संगै शिक्षा, स्वास्थ्य, खेलकुद र सेती नदी लाई सहसिक पर्यटकीय गन्तब्य बनाउनतर्फ लागिरहेको र त्यसमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । त्यस्तै गण्डकी प्रदेश सभा सदस्य बेद वहादुर गुरुङले युनाइटेड क्लव आफ्नो उद्देश्यमा अगाडि वढ्दै उद्देश्यलाई पुरा गर्नतर्फ लागिरहेको र त्यसमा आफ्नो संधै साथ र सहयोग रहने वताए । 

    images
    images
    images

    महोत्सवका मुख्य प्रायोजक बेटर होम एपलायन्सेसका सञ्चालक बिनोद रौनियारले महोत्सवको आयोजना गरी विशुद्ध सामाजिक काममा अगाडि वढिरहेको युनाइटेड क्लब संग आफ्नो संस्थाले  सामाजिक उत्तरदायित्व बहन गर्ने गरी सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताए । 

    images
    images
    images

    आर एस सी ट्रेडिङ प्रालिको बेटर होम एपलायन्सेस घरायसी सामाग्री उत्पादन संगै बिक्री गर्ने कम्पनी  रहेको वताउदै रौनियारले बेटर ब्राण्डबाट घरमा प्रयोग हुने राइसकुकर, प्रेसर कुकर, ग्यास चुलो, मिक्सचर ग्रयाण्डर, ग्यास गिजर, इलेक्ट्रिक गिजर, पंखा, हिटरका साथै विभिन्न इलेक्ट्रोनिक्स आइटमहरु उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको वताए ।

    नेपालमै उत्पादन भएकोे आफुहरुको ब्राण्ड ग्राहकहरुको रोजाइमा पर्न सफल भएको वताउदै रौनियारले पोखराको आफ्नै स्थानिय कम्पनी भएको कारणले गर्दापनि पोखरेली जनताको साथ र सहयोग सधैझै उच्च स्तरमा रहने आशा समेत ब्यक्त गरे । 

    ब्यवशायीक संस्थालाई सामाजिक काम गर्ने संस्था युनाइटेड क्लब पोखरा संग सहकार्य गर्न पाउदा निकै खुसी लागेको र आगामी दिनमा पनि यस्ता सामाजिक काममा आफ्नो  कम्पनीको साथ र सहयोग हुने समेत प्रतिवद्धता ब्यक्त गरे । 

    जिल्ला डिभिजन बन कार्यालय कास्कीका प्रमुख केदार बरालले एउटा क्लबले गरेको सामाजिक काम चानेचुने कुरा नभएको वताउदै पोखरामा सामुदायिक स्तरको चिडियाखाना निर्माणमा काम गर्ने संस्था युनाइटेड क्लव चिडियाखानाको मातृ संस्था रहेको वताए । बन जैबिक विविधता मात्र नभएर शिक्षा, स्वास्थ्य, खेलकुद र सेती नदी संरक्षणमा समेत काम गर्दै आइरहेको युनाइटेड क्लबको हरेक गतिबिधीमा आफ्नो साथ र सहयोग रहने उनको भनाइ रहेको थियो । 

    अमरसिंह माबिका प्रध्यानाधयापक तेजश्वी बरालले युनाइटेड क्लवले हाल सम्म लिएको उद्देश्यलाई प्राप्त गर्न सफल भएको र एघारौं पोखरा महोत्सव देखी पोखरा लेखनाथको अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुने छात्राबास निर्माणको उद्देश्य समेत पुरा हुनेमा आफु विश्वस्त रहेको वताए । अमरसिंह मावि हाल सम्म सवैको मनमा बस्न सफल विद्यालय बनेको वताउदै विद्यालयको  उन्नती र प्रगतीको लागि सवैको साथ र सहयोगको समेत अपेक्षा रहेको उनको भनाइ रहेको थियो । 

    महोत्सव अवधिभर करिब २ लाख ५० हजार दर्शकले अवलोकन गरेभने लगभग १० करोडको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन समितिका संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए । महोत्सव स्थलबाट पोखराको लेखनाथ स्थित पचभैयामा निर्माणाधिन अवस्थामा रहेको चिडियाखाना अवलोकनका लागि लगभग ८ सयजनाले महोत्सव स्थलबाट निशुल्क बसबाट सेवा लिएको आयोजकले जनाएको छ । त्यसैगरी महोत्सव स्थलमा करिब ५ सय जनाले घोडसवारको मजा लिएका थिएभने करिब १५ सय वालवालिकाले भिआर नाइनडीको मज्जा लिएका थिए । 

    महोत्सवमा ख्याति प्राप्त लोकदोहोरी गायक संगै अन्तराष्ट्रिय ब्याण्डहरुको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवको अन्तिम दिन चोलेन्द्र पौडेल, जीवन दाहाल, तारापति सुवेदी, शंकरविरही गुरुङ, शिवहरी ढुंगाना, तुलसा जिसी, दुर्गा क्षेत्री, कमला सुनार लगायतले लोक दोहोरी मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिएभने सांझको कन्सर्ट तर्फ चर्चित र्यापर एएनटीएफ बाट चर्चित भएका र्यापर माइलाको प्रस्तुतीमा पोखरेली युवाहरुले भरपुर मनोरन्जन लिएको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।