Logo

२०८३, आश्विन ९गते


images
images

दर्शकले भरिभराउ पोखरा महोत्सव, शनिबार मात्र ५० हजार दर्शक

दर्शकले भरिभराउ पोखरा महोत्सव, शनिबार मात्र ५० हजार दर्शक

images
  • सेतोमसी सहकर्मी
  • दर्शकले भरिभराउ पोखरा महोत्सव, शनिबार मात्र ५० हजार दर्शक
    images
    images

     राजेश  पराजुली, पोखरा । अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवको एघारौ दिन दर्शकको उल्लेख्य सहभागीता रहयो । महोत्सवमा शनिवार मात्रै महोत्सवमा ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरे । महोत्सवमा दर्शकको उपस्थिती संगै कारोबार समेत बढेको छ । शनिवार करिब एक करोड बरावरको कारोवार भएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

    images
    images
    images

    महोत्सवमा शनिवार चर्चित लोकदोहोरी गायक रामजी खाँडको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरजन्न लिए । खाँड संगै लोकदोहोरी तर्फ जीवन दाहाल, शिवहरी ढुंगाना, कृष्ण अखेली, सुदीप क्षेत्री, घनश्याम रिजाल, सुमन खड्का, सविना गुरुङ, माया केसी, पुजा गुरुङ लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए ।

    images
    images
    images

    त्यस्तै पुरुषोत्तम भण्डारी (पुर्खे बा)को हास्य प्रहसनद्धारा दर्शकहरुले मनोरन्जन लिनुका साथै सांझको लाइभ ब्याण्डमा युवाहरु बीच चर्चित भिटेनको प्रस्तुतीमा महात्सवमा उपस्थित युवाहरुले भरपुर मनोरन्जन लिएको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

    images
    images
    images

    महोत्सवको एघारौं दिन लोकदोहोरी तर्फ राजु परियार, जीवन दाहाल, अस्मिता डल्लाकोटी, शिवहरी ढुंगाना, सुरेन्द्र गुरुङ, प्रदिप त्रिपाठी, करण तामाङ, मधु चापागाइ, रामजी पौडेल, सिता केसी, रिता कुंवर लगायतको प्रस्तुती रहनेछ । त्यसैगरी सांझको लाइभ कन्सर्ट तर्फ दीक्षिता कार्कीको प्रस्तुती रहनेछ । आइतबार बिद्यालय स्तरिय लोनृत्य प्रतियोगिताको समेत फाइनल हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महोत्सव
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।