राहुल सापकोटा । लायन्स क्लव अफ देवदहले देवदह नगरपालिकालाई सहयोग हस्तान्तरण गरेको छ । नगरपालिकाद्धारा सञ्चालन गरिएको राहत कोष मार्फत देवदह नगरभित्र रहेका कोभिड विरामीहरुको उपचारको लागि क्लबले सहयोग गरेको हो ।
सामाजिक उत्तरदायित्व र जिम्मेवारी वहन गर्दै कोभिड उपचारको लागि ६० थान अक्सिजन सिलिन्डर भर्नको लागि लाग्ने लागत बराबरको नगद सहयोग गरिएको लायन्स क्लव अफ देवदहको प्रथम उपाध्यक्ष तथा वर्ष २०२१/२२ का इलेक्ट प्रेसिडेन्ट लायन बिनोद थापा मगर बताए ।
क्लबले एक कार्यक्रम विच देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री, उप-प्रमुख विद्यालक्ष्मी गुरुङ्ग तथा प्रमुख प्रशासकीय अधिकृत डिल्लिराज बेलबासेलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेको हो । चेक बुझ्दै नगर प्रमुख हिरा बहादुर खत्रीले लायन्स क्लव अफ देवदहले विभिन्न क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे ।
सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ देवदह वर्ष २०२०/२१ का अध्यक्ष लायन राम बहादुर गुरुङ, प्रथम उपाध्यक्ष तथा इलेक्ट प्रेसिडेन्ट लायन बिनोद थापा मगर, द्धितिय उपाध्यक्ष विष्णु प्रसाद ज्ञवली, सचिव मन बहादुर क्षेत्री, पि. आर. ओ. श्रृजना ओली सापकोटा लगायतको उपस्थिति थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology