राजेश पराजुली, गण्डकी प्रदेश । नवलपुरको मध्यविन्दुुमा २ वटा गैँडा मृत अवस्थामा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत भुताह पोष्ट नजिकै अन्दाजी ४ वर्षको भाले गैडा र १४ वर्षको पोथी गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्टिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार नारायणी नदीको उत्तरी किनार स्थित नदीको बगर क्षेत्रमा गैँडा मृत अवस्थामा भेटिएका हुन् ।स्थानीयको सूचनाको आधारमा निकुञ्जले दुवै गैँडा एकै स्थानमा एउटै समयमा फेला पारेको हो । विद्युत्तीय धरापमा पारेर चोरीशिकारी गर्ने गिरोहले गैँडा मारेको हुन सक्ने अनुमान गरिएको छ ।
मृत अवस्थामा भेटिएको मध्ये पोथी गैँडाको खाग समेत लगेको पाइएको छ । गैँडाको मृत्युुका सम्बन्धमा थप अनुसन्धान भैरहेको निकुुञ्ज कार्यालयले जनाएको छ । योसंगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आ.व. २०७९/०८० मा मृत्यू हुने गैडाको संख्या १० वटा रेकर्ड गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology