Logo

२०८३, आश्विन ९गते


images
images

सातौँ देवदह औद्योगिक व्यापार मेलाको तयारी तीब्र

सातौँ देवदह औद्योगिक व्यापार मेलाको तयारी तीब्र

images
  • सातौँ देवदह औद्योगिक व्यापार मेलाको तयारी तीब्र
    images
    images

    देवदह । सातौँ देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारी तीब्र पारिएको छ ।  'राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधिकरण' भन्ने मूल नाराका यही माघ २६ देखि फाल्गुन १० गतेसम्म संचालन हुने महोत्सवको तयारीमा आयोजक संस्था उद्योग व्यापार संघ देवदहको टीम जुटेको हो ।

    images
    images
    images

    महोत्सवको तयारी तिब्रताकासाथ अघि बढाईएको उद्योग व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताए। विभिन्न ३३ वटा उपसमिति महोत्सव भव्य रुपमा सफल पार्न काममा जुटेको उल्लेख गर्दै  अध्यक्ष ढकालले स्थानिय उद्योग तथा व्यवसायको प्रबर्धनका लागि देवदहको गौरबको रूपमा महोत्सब आयोजना गरिएको बताए ।  कोरोना महामारी र त्यसयताको वित्तिय तरलताले संकटमा रहेको व्यवसायलाई चलायमान गराउनको लागि पनि देवदह महोत्सव महत्वपूर्ण हुने उनको भनाई छ । 

    images
    images
    images

    देवदह  क्षेत्रमा रहेका ऐतिहासिक पाकरी वृक्ष, भवानीपुर, कन्यामाई, देवदह क्षेत्र, खयर डाँडा, माथागढी, रोहिणी नदी, गौतमबुद्ध राष्ट्रिय उद्यान (काष्ठ कला), प्रस्तर कला, देवदह ताल, सातपत्रे सिमसार क्षेत्र तथा अन्य महत्वपूर्ण पर्यटकिय स्थलहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउँदै  देवदह  नगरलाई ऐतिहासिक, धार्मिक एवम पर्यटकिय स्थलको रुपमा विकास गर्ने मुख्य उद्धेश्य सहित देवदहमा मेला संचालन गर्न सुरु गरिएको र सोहि अनुसार सातौँ महोत्सवको तयारीमा जुटेको उद्योग व्यापार संघ देवदहका संस्थापक अध्यक्ष गोविन्द ठटराईले बताए ।    

    images
    images
    images

    मेलामा २ सय स्टल रहने बताउंदै स्टल दर्ता उपसमिति संयोजक अमृत फुल्लेल क्षेत्रीले अहिले स्टल दर्ताको काम अघि बढिरहेको बताए। '२ सय स्टल रहन्छन, त्यसको लागि अहिले दर्ता खुला गरिएको छ, दिनहुँ व्यवसायीहरूले दर्ता गरिराख्नु भएको छ' उनले भने। मेलामा स्थानीय कृषि उत्पादनको प्रदर्शनका लागि निशुल्क स्टल दर्ता गरिने उनले बताएका छन्। 

    मेलामा नृत्य तथा गायन प्रतियोगिता, स्थानिय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति  तथा भलिवल प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ।  

    ५ सय २५ जना उद्योगी व्यापारीहरु आबद्ध भएको उद्योग व्यापार संघ देवदहले स्थापनादेखि नै लागुऔषध नियन्त्रण सम्बन्धी कार्यक्रम, सरसफाई सम्बन्धी कार्यक्रम, प्रथम तीज गित प्रतियोगीता,  देवदह सडक खाना महोत्सव (फूड फेस्टिवल)  लगायतका कार्यक्रम गर्दै आएको छ। 

    स्वाधिन अर्थतन्त्र निर्माणको लागि औद्योगिकिकरण तथा व्यापार विविधिकरण भन्ने मुल नाराका साथ २०६८ सालमा उद्योग ब्यापार संघले देवदहमा पहिलो पटक मेला आयोजना गरेको थियो । त्यसयता हरेक वर्ष उद्योग व्यापार संघ देवदह, देवदह व्यापार संघ र  देवदह उद्योग वाणिज्य संघले आलोपालो मेला आयोजना गर्दै आएका छन्। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।