Logo

२०८३, कार्तिक २६गते


images
images

देवदह नगर बालसंजालको अध्यक्षमा नन्दनी अग्रहरी चयन

देवदह नगर बालसंजालको अध्यक्षमा नन्दनी अग्रहरी चयन

images
  • देवदह नगर बालसंजालको अध्यक्षमा नन्दनी अग्रहरी चयन
    images

    देवदह ।  रुपन्देहीको देवदह नगरपालिकामा नगर बाल संजाल गठन गरिएको छ। नगरपालिकाले वडा बालसंजालको प्रतिनिधिहरुलाई सहभागि गराई नगर बालसंजाल गठन गरेको हो।

    images
    images
    images

    देवदह नगरपालिकाले बिहिबार एक कार्यक्रमकाबीच नन्दनी अग्रहरीको अध्यक्षतामा १७ सदस्यी नगर संजाल गठन गरेको छ जसको उपाध्यक्षमा सायन रेग्मी, सचिवमा संस्कृति घर्ती, सह-सचिवमा कृष्टिना न्यौपाने र कोषाध्यक्षमा सन्देश पाण्डे चयन भएका छन् भने सदस्यहरुमा संगिल न्यौपाने, सिवानी सेन, जिना कृति ढुङ्गाना, दिपिका लामिछाने, विनिता बगाले, जस्मिन गाहा, चाँदनी पुन, एलिना खड्का, कृति न्यौपाने, भुमिका भिषाल, मनिषा न्यौपाने चयन भएका छन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले सभ्य समाज निर्माण गर्न बालमैत्री समाज हुन जरुरी रहेको र देवदह नगरपालिका बालमैत्री नगर घोषणा गर्नेगरि अगाडी बताए। देवदह नगरपालिकालाई बालमैत्री नगर बनाउनको लागि आवश्यक पर्ने बजेट नगर सभाले विनियोजन गर्ने प्रतिवद्द्ता व्यक्त गर्दै प्रमुख खरेलले अब बन्ने समितिले बालमैत्री नगर घोषणा गर्ने कुरामा महत्त्वपूर्ण भुमिका खेल्ने बताए। 

    images
    images

    देवदह नगरपालिकाको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले बालबालिकाले आफू भित्रको प्रतिभालाई चिन्न र सोहि अनुसार अगाडि बढ्न आग्रह गर्दै बालबालिकाको संरक्षणका लागि नगरपालिकाले काम गरेको र आगामी दिनमा पनि गर्दै जाने बताईन ।

    कार्यक्रममै बोल्दै देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले देवदह नगरपालिका बाल मैत्री नगर बनाउने अभियानमा अगाडि बढेको बताउंदै  सुखी नगर समृद्ध नगर बनाउन नगरबासी सबैको योगदान आवश्यक रहेको तर्क गरे । देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रेले अबको एक बर्षमा देवदह नगरपालिका वडा नं ५ लाई बाल मैत्री वडा घोषण गर्ने गरी अघि बढेको बताएका थिए ।

    कार्यक्रममा बालबालिकाको आधारभूत हक अधिकार, बालमैत्री नगर बनाउन नगरको ऐन नियम भएका व्यवस्थाको बारेमा उप सचिब टिकाराम शर्माले प्रकाश पारेका थिए । 

    कार्यक्रमको संचालन बालसंजालका निवर्तमान सचिब राहुलदेव सापकोटाले गरेका थिए। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नगर बालसंजाल
  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।