राहुल सापकोटा, देवदह । देवदहको भवानीपुरमा कोरोना महामारीबाट प्रभावितहरुलाई राहत वितरण गरिएको छ । महामाया भवानी माबी भुप बिद्यार्थीहरुको आयोजनामा भवानीपुरका अतिविपन्न १४ परिवारलाई राहत वितरण गरिएको हो ।
जुनियर रेडक्रस सर्कल महामाया भवानी मावि सह आयोजक रहेको उक्त कार्यक्रममा महामाया विद्यालयमा अध्ययनरत अतिविपन्न विद्यार्थीका अभिभावकलाई राहत स्वरुप चामल, दाल, तरकारी लगायतका खाद्यान्न प्रदान गरिएको कार्यक्रमका संयोजक आशिष पोख्रेलले बताए ।
उक्त कार्यक्रममा देवदह नगरपालिका वडा नं ४ अध्यक्ष दिपक चापागाईं, महामाया माविका प्रधानाध्यापक रिसेस्वर अर्याल, लुम्बिनी आवासीय माबिका प्रीन्सिपल बिनोद थापा शिक्षकहरु लिलाबल्लब भट्टराई, भिम न्यौपाने, निरज बस्याल भुपु विद्यार्थी किसन डुम्रे लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology