Logo

२०८३, श्रावण २७गते

images
images

पत्रकार थापाले प्राप्त गरेको पुरस्कार मानवसेवा आश्रमलाई प्रदान

  • सेतोमसी सहकर्मी
  • पत्रकार थापाले प्राप्त गरेको पुरस्कार मानवसेवा आश्रमलाई प्रदान
    images
    images

     राजेश  पराजुली, पोखरा । पत्रकार भीम थापाले आफूले प्राप्त गरेको पत्रकारिता पुरस्कार पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई प्रदान गरेका छन् । कपडा व्यवसायी एसोसिएसन कास्कीले आफ्नो रजत वर्षका अवसरमा पत्रकार थापालाई व्यवसायीक पत्रकारिता पुरस्कार प्रदान गरेको थियो । पत्रकार थापाले  आश्रम मै पुगेर आफूले प्राप्त गरेको पुरस्कार नगद रु.११ हजार १ सय १० रुपैयाँ आश्रमकी कास्की जिल्ला सहसंयोजक सम्झना बर्तौलालाई हस्तान्तरण गरेका हुन् । 

    images
    images
    images

    मानवसेवाको उत्कृष्ट कर्म गरिरहेको आश्रममा आश्रित सहयोगापेक्षी जीवनहरूको सहयोगार्थ आफूले प्राप्त गरेको पुरस्कार अर्पण गरेको पत्रकार थापाले बताए । ‘जीवन महत्त्वपूर्ण छ, त्यसमाथि मानव जीवन यो केवल आफ्ना लागि मात्र होइन रहेछ, पत्रकार थापाले भने, जीवन अरू कसैको दुख र अभावमा बाँडेर जिउनुको आनन्द बेग्लै हुँदो रहेछ । आज मानव सेवा आश्रमले थालेको मानवता प्रवर्द्धनको अभियानमा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ।’ मानवमा मानवताको मानवीय भावना स्खलित हुँदै गएको परिस्थितिमा यो पवित्र कर्म गर्न पाउनु आफ्ना लागि गर्वको विषय भएको थापाले बताए । 

    images
    images
    images

    ‘पत्रकारितामा हिजो भन्दा आज विश्वासमा गिरावट आएको सत्य हो, सामाजिक रूपमा हामी र हाम्रो पेसालाई हेर्ने र बुझ्ने आम प्रवृत्तिमा बदलाव आएको छ, केही गलत प्रवृत्ति र पात्रका कारण लज्जा र जबरजस्त शङ्काका मानकहरू स्थापित गर्न खोजिँदै छन्, पत्रकार थापाले भने, हामी हाम्रो पेसाको गरिमा र सामाजिक विश्वासको धरातल भत्कन्छ कि भन्ने डर र चुनौतीको बिचमा छौँ, तर पनि सामाजिक न्याय र सेवाको भावनाले प्रत्येक सञ्चारकर्मीहरूको हृदय सिञ्चित भइरहेको हुन्छ भन्ने कुराको विश्वास दिलाउन चाहन्छु ।’ कयौँ अभावका अँध्यारा दिनहरूको सामना गरेर अगाडी बढेका सञ्चारकर्मीहरूको दिल भित्र पनि मानवताको विशाल भावना हुन्छ भन्ने कुराको सुरुवात मात्र होइन ठुलो सिकाइका रूपमा यसलाई आफूले लिएको पत्रकार थापाले बताए । 

    images
    images
    images

    सो अवसरमा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सीनाले सामाजिक सेवाको कुनै मूल्य र सीमा नहुने भन्दै पत्रकार थापाले गरेको कार्य अनुकरणीय भएको बताए । एक जना श्रमजीवीको समाज प्रतिको दायित्व र कर्तव्य पालनाको ज्वलन्त उदाहरणका रूपमा आफूले यसलाई लिएको उनले बताए । पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले पत्रकार थापाले गरेको सहयोगलाई सिङ्गो पत्रकारिताको प्रतिनिधिका रूपमा मानव सेवा प्रतिको गहिरो सेवा भावका रूपमा आफूले लिएको बताए । 

    कपडा व्यवसायी एसोसिएसन कास्कीका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले यो आफ्ना लागि निकै ठुलो आश्चर्यको विषय भएको बताए । पत्रकारिताको क्षेत्रमा प्राप्त गरेको कुनै पनि पुरस्कार यसरी सेवामा समर्पित गरेको आफूले अहिलेसम्म थाहा नपाएको बताउँदै उनले असल कर्मका कमलजीवीलाई व्यवसायीक पत्रकारिता पुरस्कारले पुरस्कृत गर्न पाएकोमा खुसी व्यक्त गरे । एसोसिएसनका पूर्व अध्यक्ष नवीन नापितले असल कर्म कुनै पनि पेसा व्यवसाय र व्यक्तिका लागि वाञ्छनीय नहुने बताए । पत्रकार थापाले सुरु गरेको असल संस्कारको निरन्तरतामा जोड दिए । सो क्रममा पूर्व अध्यक्ष नापितले नगद रु.१ हजार ५ सय रुपैयाँ मानव सेवा आश्रमलाई उपलब्ध समेत गराए । 

    आश्रमका सञ्चालक होमनाथ मानवसेवाले मानवता प्रवर्द्धनको अभियानमा यस्तो प्रकृतिको सेवा पहिलो भएको बताए । पोखरामा बर्सेनि दर्जनौँ पत्रकारिता सम्बन्धी पुरस्कारहरू वितरण गरेको सुनिए पनि पहिलो पटक नजिकबाट आभास गर्न पाएको बताए । सुन्दर हृदयमा मानवताका सुन्दर फुलहरू फुल्ने बताउँदै उनले पत्रकार थापाको सहयोग त्यही सुन्दर आत्माको एक प्रतिकका रूपमा आफूले आभास गरेको बताए । 

    पत्रकार थापाले यसअघि प्राप्त गरेको जगन्नाथ सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार अर्नाकोट छात्रवृत्ति प्रतिष्ठानलाई प्रदान गरेका थिए । प्रतिष्ठानले प्रत्येक वर्ष श्री अर्नाकोट माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहनदार विद्यार्थीहरूलाई शैक्षिक सामाग्रीहरू छात्रवृत्तिका रूपमा प्रदान गर्दै आएको छ । 
    पत्रकार भीम थापाले आफूले प्राप्त गरेको पत्रकारिता पुरस्कार पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई प्रदान गरेका छन् । शनिवार कपडा व्यवसायी एसोसिएसन कास्कीले आफ्नो रजत वर्षका अवसरमा पत्रकार थापालाई व्यवसायीक पत्रकारिता पुरस्कार प्रदान गरेको थियो । पत्रकार थापाले आइतबार आश्रम मै पुगेर आफूले प्राप्त गरेको पुरस्कार नगद रु.११ हजार १ सय १० रुपैयाँ आश्रमकी कास्की जिल्ला सहसंयोजक सम्झना बर्तौलालाई हस्तान्तरण गरेका हुन् । 

    मानवसेवाको उत्कृष्ट कर्म गरिरहेको आश्रममा आश्रित सहयोगापेक्षी जीवनहरूको सहयोगार्थ आफूले प्राप्त गरेको पुरस्कार अर्पण गरेको पत्रकार थापाले बताए । ‘जीवन महत्त्वपूर्ण छ, त्यसमाथि मानव जीवन यो केवल आफ्ना लागि मात्र होइन रहेछ, पत्रकार थापाले भने, जीवन अरू कसैको दुख र अभावमा बाँडेर जिउनुको आनन्द बेग्लै हुँदो रहेछ । आज मानव सेवा आश्रमले थालेको मानवता प्रवर्द्धनको अभियानमा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ।’ मानवमा मानवताको मानवीय भावना स्खलित हुँदै गएको परिस्थितिमा यो पवित्र कर्म गर्न पाउनु आफ्ना लागि गर्वको विषय भएको थापाले बताए । 

    ‘पत्रकारितामा हिजो भन्दा आज विश्वासमा गिरावट आएको सत्य हो, सामाजिक रूपमा हामी र हाम्रो पेसालाई हेर्ने र बुझ्ने आम प्रवृत्तिमा बदलाव आएको छ, केही गलत प्रवृत्ति र पात्रका कारण लज्जा र जबरजस्त शङ्काका मानकहरू स्थापित गर्न खोजिँदै छन्, पत्रकार थापाले भने, हामी हाम्रो पेसाको गरिमा र सामाजिक विश्वासको धरातल भत्कन्छ कि भन्ने डर र चुनौतीको बिचमा छौँ, तर पनि सामाजिक न्याय र सेवाको भावनाले प्रत्येक सञ्चारकर्मीहरूको हृदय सिञ्चित भइरहेको हुन्छ भन्ने कुराको विश्वास दिलाउन चाहन्छु ।’ कयौँ अभावका अँध्यारा दिनहरूको सामना गरेर अगाडी बढेका सञ्चारकर्मीहरूको दिल भित्र पनि मानवताको विशाल भावना हुन्छ भन्ने कुराको सुरुवात मात्र होइन ठुलो सिकाइका रूपमा यसलाई आफूले लिएको पत्रकार थापाले बताए । 

    सो अवसरमा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सीनाले सामाजिक सेवाको कुनै मूल्य र सीमा नहुने भन्दै पत्रकार थापाले गरेको कार्य अनुकरणीय भएको बताए । एक जना श्रमजीवीको समाज प्रतिको दायित्व र कर्तव्य पालनाको ज्वलन्त उदाहरणका रूपमा आफूले यसलाई लिएको उनले बताए । पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले पत्रकार थापाले गरेको सहयोगलाई सिङ्गो पत्रकारिताको प्रतिनिधिका रूपमा मानव सेवा प्रतिको गहिरो सेवा भावका रूपमा आफूले लिएको बताए । 

    कपडा व्यवसायी एसोसिएसन कास्कीका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले यो आफ्ना लागि निकै ठुलो आश्चर्यको विषय भएको बताए । पत्रकारिताको क्षेत्रमा प्राप्त गरेको कुनै पनि पुरस्कार यसरी सेवामा समर्पित गरेको आफूले अहिलेसम्म थाहा नपाएको बताउँदै उनले असल कर्मका कमलजीवीलाई व्यवसायीक पत्रकारिता पुरस्कारले पुरस्कृत गर्न पाएकोमा खुसी व्यक्त गरे । एसोसिएसनका पूर्व अध्यक्ष नवीन नापितले असल कर्म कुनै पनि पेसा व्यवसाय र व्यक्तिका लागि वाञ्छनीय नहुने बताए । पत्रकार थापाले सुरु गरेको असल संस्कारको निरन्तरतामा जोड दिए । सो क्रममा पूर्व अध्यक्ष नापितले नगद रु.१ हजार ५ सय रुपैयाँ मानव सेवा आश्रमलाई उपलब्ध समेत गराए । 

    आश्रमका सञ्चालक होमनाथ मानवसेवाले मानवता प्रवर्द्धनको अभियानमा यस्तो प्रकृतिको सेवा पहिलो भएको बताए । पोखरामा बर्सेनि दर्जनौँ पत्रकारिता सम्बन्धी पुरस्कारहरू वितरण गरेको सुनिए पनि पहिलो पटक नजिकबाट आभास गर्न पाएको बताए । सुन्दर हृदयमा मानवताका सुन्दर फुलहरू फुल्ने बताउँदै उनले पत्रकार थापाको सहयोग त्यही सुन्दर आत्माको एक प्रतिकका रूपमा आफूले आभास गरेको बताए । 

    पत्रकार थापाले यसअघि प्राप्त गरेको जगन्नाथ सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार अर्नाकोट छात्रवृत्ति प्रतिष्ठानलाई प्रदान गरेका थिए । प्रतिष्ठानले प्रत्येक वर्ष श्री अर्नाकोट माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहनदार विद्यार्थीहरूलाई शैक्षिक सामाग्रीहरू छात्रवृत्तिका रूपमा प्रदान गर्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।