देवदह । राष्ट्रिय युवा संघ देवदहले सुरु गरेको राहत वितरण कार्यक्रम अन्तर्गत आज देवदह ११ मा खाद्यान्न वितरण गरिएको छ। देवदह ११ का अति विपन्न १७ घर धुरीलाई अति आवश्यक खाद्यान्न सामाग्री वितरण गरिएको हो । देवदह ११ का दैनिक ज्यालादारी गरि खाने मजदुर तथा अति विपन्न परिवारलाई चामल, दाल, नुन, तेल र तरकारी लगायत खाद्यान्न सामग्री वितरण गरिएको राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य अजय रौनियारले जानकरी दिए ।
लामो समय सम्म निषेधाज्ञा जारि रहदा दैनिक ज्यालादारी गरि खाने वर्ग रोगले भन्दा भोकले नमरुन भन्ने उदेश्यले राहत वितरण अभियान जारी गरिएको राहत वितरण समितिका संयोजक विकास गहतराजले जानकरी दिए ।
हाल सम्म देवदह नगरपालिका ६, ४ र ११ गरेर ७० भन्दा बढी घर धुरिलई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको संघले जनाएको छ ।
राहत वितरण कार्यक्रममा श्रदा कुँवर क्षेत्री, रमेश खरेल लगायतको सहभागिता रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology