देवदह । रुपन्देहीको देवदह नगरपालिकाद्वारा रोजगार सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको । जगदम्बा स्पिनिङ्ग मिल्सको सहकार्यमा बिहिबार पालिकाले रोजगार सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको हो ।
कार्यक्रममा देवदह नगरपालिकाभित्र बेरोजगारको सुचिमा सुचिकृत भएकाहरुलाइ अभिमुखिकरण दिइएको थियो। जगदम्बा स्पिनिङ्ग मिल्सले देवदहमा रहेका करिव ४० जना युवायुवतीहरुलाइ रोजगारीमा संलग्न गराउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको जनाएको ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले नगरपालिकाले नगरबासीलाइ उद्यमी तथा स्वरोजगार बनाउनका लागि योजना बनाएर अगाडि बढेको बताए। बिदेशीनु बाध्यता रहेको र बाध्यताको अन्त्य गर्नका लागि यस्ता कार्यक्रम आवस्यक रहेको उनको भनाई छ ।
जगदम्बा स्पिनिङ्ग मिल्सले प्रदान गर्ने रोजगारीको बारेमा समग्र जानकारी दिनको लागि आयोजना गरिएको कार्यक्रम महत्वपूर्ण रहेको उल्लेख गर्दै तालिमको सुरुवातदेखी नै तलब सुविधासहित सीप सिकेर रोजगारी बन्ने अवसरको सदुपयोग गर्न उपस्थित सबैलाइ खरेलले अनुरोध गरेका छन।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका उप–प्रमुख विद्यालक्ष्मी गुरुङ्गले जगदम्बा स्पिनिङ्ग मिल्सले यो कार्यक्रमका लागि देवदह नगरपालिकालाइ रोजेकोमा आभार व्यक्त गरिन। देशमा बेरोजगारीको अवस्था बढेको र नगरपालिकाले नगरलाइ सुखी र समृद्ध बनाउनका लागि नगरबासी स्वरोजगार हुन आवस्यक रहेको बताइन। उनले युवा तथा महिलाहरुलाई स्वरोजगार र उद्यमी बनाउनका लागि विभिन्न कार्यक्रमहरु अगाडि बढेको बताइन। जब सम्म सम्म मानविय बिकास हुँदैन तब सम्म नगरक बिकास असम्भव रहेको बताइन ।
कार्यक्रममा बोल्दै नगरका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष गणेश डुम्रेले स्थानीय सरकारको मुख्य चुनौती रोजगार सिर्जना गर्नु रहेकाले स्थानीय तहहरुले स्वरोजगार बनाउने लक्ष्य लिएको बताउँदै उद्योगहरुले कामदार खोजेको र बेरोजगारहरुले रोजागर खोजेको अवस्थामा नगरसँगको सहकार्यमा आयोजना भएको कार्यक्रम निकै महत्वपूर्ण रहेको बताए । जगदम्बा स्पिनिङ्ग मिल्सले कामको बारेमा आफ्नै पाठ्यक्रम बनाएर अगाडि बढ्नु झन प्रशंसायोग्य काम रहेको भन्दै जगदम्बा स्पिनिङ्ग मिल्सलाई धन्यवाद व्यक्त गरे। आर्थिक उपार्जन गर्नका लागि ज्ञान, सीप, लगनशीलता र इमान्दारीताको आवश्यकता औल्याउँदै महत्वपूर्ण अवसरको फाइदा लिन आग्रह आग्रह गरेका थिए।
रोजगार तथा कामबारे बोल्दै जगदम्बा स्पिनिङ्ग मिल्सका मानव संशाधन अधिकृत प्रशिक्षक होमनारायण भट्टराईले ६ महिनाको तालिम अवधी हुने र त्यसपश्चात पूर्ण तलब सुरु हुने बताउँदै कसैले सो समयभन्दा अगाडि नै दक्षता हासिल गरे सोही अनुसार मूल्यांकन हुने जानकारी दिए।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका रोजगार संयोजक दिनेश लम्सालले नगरपालिकामा सुचिकृत बेरोजगारहरुमा करिब १६३ मध्य ९० प्रतिशत महिला रहेको जानकारी गराउँदै जगदम्बा स्पिनिङ्ग मिल्सले सुरु गरेको रोजगारी सृजनाको अवसर निकै महत्वपूर्ण रहेको बताए।
कार्यक्रमको औचित्यमाथी बोल्दै लक्ष्मी स्टिलका मानव संशाधन तथा प्रशासन प्रमुख दामोदर पौडेलले पछिल्लो समय देशमा बेरोजगारी समस्या बढेको र त्यसको कारण सीप र अवसरको कमी भएकाले जगदम्बा स्पिनिङ्ग मिल्सले अवसर सिर्जना गर्दै रोजगारी बढाउनेतर्फ कार्य गरिरहेको बताए । देवदह नगरपालिकाको रोजगार शाखाले बेरोजगारहरुको तथ्यांक संकलन गरेकाले नगरसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रम जगदम्बा स्पिनिङ्ग मिल्सका निर्देशक तथा कार्यक्रमका अध्यक्ष चिरञ्जीवी रायमाझीको अध्यक्षता, देवदह नगरपालिकाका नगरप्रमुख धुर्व प्रसाद खरेलको प्रमुख आतिथ्यता र सौरभ ग्रुपका कर्पाेरेट एच. आ. प्रमुख तुल्सीराम रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology