सुमन महतारा, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले दोस्रो गाउँपालिकाकाे दोस्रो अधिवेशनबाट गाउँपालिकाकाे सु-शासन समिति र लेखा समिति गठन गरेको छ ।
लेखनाथ अर्याल संयाेजक रहने गरि दुई सदस्य चुरामणि घर्ती र समिपा सुनार सु-शासन समितिमा रहेका छन् । त्यस्तै मान बहादुर विश्वकर्मा संयाेजक रहने गरि दुई सदस्य सूर्यबहादुर थापा र सीता बिष्ट लेखा समितिमा रहेका छन् ।
गापाले चालू आ. व देखि हालसम्म ६ वटा कार्यविधि पारित गरेको र २ वटा कार्यविधि तर्जुमाकाे चरणमा रहेका छन् ।
पारित भएका कार्यविधिः
- घ वर्गको निर्माण व्यवसायी दर्ता सम्बन्धी कार्यविधि ।
- खानेपानी उपभोक्ता समिति तथा मुहान दर्ता सम्बन्धी कार्यविधि ।
- गाउँपालिकाको लागत साझेदारीमा कार्यक्रम संचालन कार्यविधि
- शिक्षक बैंक प्रक्रिया।
- गाउँपालिकाबाट वितरण गरिने सामाग्री सम्बन्धी कार्यविधि ।
- लेन्थ वर्कर व्यवस्थापन कार्यविधि ।
तर्जुमाको चरणमा रहेका कार्यविधिः
- टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि
- संघ संस्था सहयोग सम्बन्धि कार्यविधि
गाउँ सभामा वडा बाट रकमान्तर हुने याेजनाहरुलाई सभामा पेश गरिएको छ । पेश भएका बिषयकाे छलफलका लागि ५ दिनकाे समय राखिएको छ । २६ गते पुन: बस्ने गरि गाउँ सभा स्थगित भएको गाउँ सभाका सभाध्यक्ष देविराम अर्यालले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology