Logo

२०८३, आश्विन ९गते


images
images

प्रदूषण नियन्त्रक मेसिन जडान गर्ने सहमतिपछि खुल्यो चिनि मिलको ताला, परिक्षणकालागि ५ दिन 

प्रदूषण नियन्त्रक मेसिन जडान गर्ने सहमतिपछि खुल्यो चिनि मिलको ताला, परिक्षणकालागि ५ दिन 

images
  • प्रदूषण नियन्त्रक मेसिन जडान गर्ने सहमतिपछि खुल्यो चिनि मिलको ताला, परिक्षणकालागि ५ दिन 
    images
    images

    रेशम अधिकारी, पश्चिम् नवलपरासी । लुम्बिनी चिनिमिलदेखि निस्केको कालो धुलो व्यवस्थापन गर्नेगरि सञ्चालन गर्ने सहमति गरेपनि सहमति बिपरित उद्योगले जनताको स्वास्थ माथि गम्भीर खेलबाड गरेको भन्दै सुनवलका स्थानियहरुले बिरोध  स्वरुप चिनिमिलको मुख्य गेटमा पुष १९ गते ताला लगाएका थिए   ।

    images
    images
    images

    तर मंगलबार राती बिना सहमति र जानकारी ताला खोलिएपछी स्थानीयले पुन: बुधबार बिहान देखि बिरोधमा उत्रिएका  थिए । पटक पटक स्थानीयको बिरोधपछि उद्योगका संचालक र स्थानिय बिच ४ बुदे सहमती सहित लगाइएको ताला खुलेको छ । 

    images
    images
    images

    बुधबार बिहानैदेखि स्थानीयले बिरोध जनाउदै धर्ना बसेका  थिए । स्थानीयसंगै सहमतिको बाटो खोज्न पुगेका  थिए । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, लुम्बिनी प्रदेशसभा सदस्य खडक बस्नेत, सुनवल नगरप्रमुख बिमला अर्याल, निवर्तमान नगरप्रमुख भरत थापा यता उद्योगको तर्फबाट संन्चालक धनन्जय मिश्रको उपस्थितिमा वातावरण प्रदुषण न्यूनिकरण गर्ने सम्बन्धी विषयमा चार बुदेँ निणर्य सहित ताला खुलेको हो ।

    images
    images
    images

    उद्योग र स्थानिय बिच भएको सहमतिमा उद्योगले जडान गरेको प्रदुषण नियन्त्रक मेसिन परिक्षण गर्नका लागि ५ दिन परिक्षणको रूपमा संचालन गर्ने, उक्त अवधिमा प्रदुषण भए नभएको अनुगमन गर्ने, प्रदुषण नियन्त्रण नभएको खण्डमा पुनःउद्योग र स्थानियहरु विच छलफल गर्ने उद्योगको डिस्टिलरीवाट निस्कने कालो पानी (स्पेण्ड वास) नियन्त्रण गरी बाहिर बग्न नदिने, स्पेण्ड बासवाट निस्कने गंन्ध न्युनिकरण गर्ने, अर्थात गन्ध रहित बनाउने र विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्ने सहितको निणर्य भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।