दाङ । दाङमा आज भइरहेको राष्ट्रियसभा सदस्य उपनिर्बाचनको लागि मतदान बिहान ९ बजे देखि सुरू भएको छ । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनको पहिलो मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल गरेको निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले जनाएको छ ।
अहिले सम्म कुल १२२ मत खसेको छ । विहान १० बजे सम्म स्थानीय तहका प्रमुख, उपप्रमुखको ७१ र प्रदेशसभा सदस्यको ४८ मत खसेको प्रदेश निर्वाचन आयोगका सूचना अधिरकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।
उनका अनुसार स्थानीय तह प्रमुख उपप्रमुखमा ३६ पुरुष, ३५ महिला तथा प्रदेशसभा सदस्यमा २७ पुरुष, २१ महिलाको मत खसेको छ । भने कोभिड केन्द्रमा ३ पुरुषको मत खसेको छ ।
स्थानीय तहका २१७ र प्रदेश सदस्यको ८३ मत गरि जम्मा तीन सय जना मतदाता रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology