देवदह। राष्ट्रिय युवा संघ देवदहले अति विपन्न २० घर धुरीलाई अति आवश्यक खाद्यान्न सामाग्री वितरण गरेको छ । देवदह ४ का दैनिक ज्यालादारी गरि खाने मजदुर तथा अति विपन्न परिवारलाई चामल ,दाल ,नुन ,तेल र तरकारी लगायत खाद्यान्न सामग्री वितरण गरिएको देवदह ४ राहत वितरण संयोजक सुरज तिवारीले जानकारी दिए ।
लामो समय सम्म निषेधाज्ञा जारि रहदा दैनिक ज्यालादारी गरि खाने वर्ग रोगले भन्दा भोकले नमरुन भन्ने उदेश्यले राहत वितरण अभियान जारी गरिएको राहत वितरण समितिका संयोजक विकास गहतराजले बताए । हाल सम्म देवदह ६ र ४ गरेर ५० भन्दा बढी घर धुरिलई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको संघले जनाएको छ ।
राहत वितरण कार्यक्रममा वडा सदस्य शान्ता भट्टराई ,बन्धु कुमाल श्रदा कुँवर क्षेत्रि ,दिनेश क्षेत्रि ,सन्तोष घले लगायतको सहभागिता रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology