Logo

२०८३, आश्विन २८गते


images
images

सुकुम्बासी बस्ती हटाउन बालेनले खोजे गृहमन्त्री रवि लामिछानेको साथ

सुकुम्बासी बस्ती हटाउन बालेनले खोजे गृहमन्त्री रवि लामिछानेको साथ

images
  • सुकुम्बासी बस्ती हटाउन बालेनले खोजे गृहमन्त्री रवि लामिछानेको साथ
    images
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले गृहमन्त्रालयसँग थापाथलीस्थित बागमती नदी किनारामा रहेका अनाधिकृत संरचना हटाउन सहयोग मागेको छ ।

    images
    images
    images

    बुधबार महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गृहमन्त्रालयलाई पत्र लेख्दै नदी किनारमा अनाधिकृत रुपमा निर्माण भएका संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध गरेका हुन् ।

    images
    images
    images

    थापाथलीस्थित बागमती नदी किनारमा अनाधिकृतरुपमा निर्माण भएका संरचनाहरु हटाउन पटक पटक प्रयास भएको भन्दै महानगरले महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनाधिकृत संरचनाहरु हटाउने कार्य अभियानकै रुपमा अगाडी बढाउनु पर्ने देखिएको पत्रमा उल्लेख गरेको छ ।

    images
    images
    images


    त्यसका लागि गृहमन्त्रालय मार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय गरिदिन महानगरले अनुरोध गरेको हो ।

    ‘अतिक्रमित क्षेत्र मध्ये थापाथलीस्थित बाग्मती नदी किनारमा अव्यवस्थित / अनाधिकृत रुपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडी बढाउन बाग्मती सभ्यता एकीकृत विकास परीयोजना समेतबाट अनुरोध भै आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडी बढाइएको भएतापनि सो सफल हुन सकेको अवस्था छैन । यसर्थ विशेष गरी थापाथलीस्थित उल्लेखित क्षेत्रमा रहेका अनाधिकृत संरचना हटाइ तहाँ सौन्दर्यीकरणको कार्य तत्काल शुरु गर्ने कार्यक्रम रहेकोले सो संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध छ’ अधिकारीले गृहमा पठाएको पत्रमा भनिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।