Logo

२०८३, आश्विन ११गते


images
images

ग्रामीण होमस्टे किसानका लागि `पैसाको थैली´

ग्रामीण होमस्टे किसानका लागि `पैसाको थैली´

images
  • ग्रामीण होमस्टे किसानका लागि `पैसाको थैली´
    images
    images

    एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाईसौं महाधिवेशनयता आन व्है प्रान्तीय छेन शान शहरले थ्येन चु शान दृश्य क्षेत्रको उत्तम गुणस्तरीय श्रोत-साधनमा भरपरी पर्यटनमार्फत गरिबी निवारण गरेको छ। यसले ग्रामीण अर्थतन्त्र पनि बढाएको छ। छेन शान शहरको संस्कृति, पर्यटन र खेलकुद व्यूरोले कृषि, वनस्पतिलाई पर्यटन र संस्कृतिसँग गहिरो रुपमा मिश्रण गरी अगाडि बढाएको छ।

    images
    images
    images

     त्यसैगरी गरिब परिवारलाई होमस्टे व्यावसायमा संलग्न हुन निर्देशन पनि गरेको छ। छेन शान शहरको संस्कृति, पर्यटन र खेलकुद व्यूरोअन्तर्गत प्रचार-प्रसार विभागका प्रमुख छ्यौ च्याङ लीन भन्नुहुन्छ “जस्तै भनौँ छा च्वाङ गाउँले थ्येन चु दृश्य क्षेत्रमा होमस्टे र रेस्टुरेन्टआदि सेवा व्यवसायको विकास गरेका छन्। यस क्षेत्रमा छ सय जना होमस्टे र रेस्टुरेन्ट व्यवसायमा संलग्न भए । प्रति व्यक्तिको चोखो आम्दानी गाउँका अरु किसानको प्रति व्यक्तिको सरदर आम्दानीभन्दा २० प्रतिशतले बढेको छ।”

    images
    images
    images

    हालसम्म छेन शान शहरका ३०९ वटा ग्रामीण होमस्टे छन्। तीमध्ये १३ वटा पाँच तारे र ३४ वटा चार तारे हुन्। पाँच हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको “लौ श स्ये हौ”नामक उच्च स्तरीय होमस्टे दश वटा परिवारका पुरानो आबासहरूद्वारा मर्मत गरेर निर्माण गरिएको हो। यो होमस्टे परियोजनाका जिम्मेवार व्यक्ति ह चे लीन छा च्वाङ गाउँका वासिन्दा हुन्। सरकारले ग्रामीण पर्यटनमार्फत गरिबी निवारण नीति सार्वजनिक गरेको सूचना थाहा पाएपछि बाहिर व्यापार गर्ने ह चे लीनले जन्मथलो फर्केर ग्रामीण पर्यटन व्यवसायको विकास गर्न थालेका छन्। उनी भन्छन्
     “सरकारले होमस्टेको नीतिलाई सक्रिय समर्थन दिएको छ। सरकारले ठोस संयमको तर्जुमा गरेको, मूल्याङ्कनबमोजिम मापदण्ड पुगेका व्यक्तिले सरकारको भत्ता पाउनसक्छन्।”

    images
    images
    images

    “लौ श स्ये हौ”नामक होमस्टेको विशेष शैली छ। यो होमस्टेले मुख्यतः मध्य र उच्च स्तरीय पर्यटक भित्र्याउँछ। यसका साथै होमस्टेको चिया बगैंचाले पर्यटकका लागि फलफूल र सागसब्जीको रोप्ने, चिया बनाउने अनुभव कार्यक्रम उपलब्ध गराएको छ। यो होमस्टे संचालन भएपछि कारोबार रकम ५० लाख चिनियाँ युआनभन्दा बढी पुगेको छ। ह चे लीन भन्छन् “हामीले वरिपरीको दृश्य क्षेत्रको परिचय, कृषि उपजलाई हाम्रो कोठामा राखेका छौं। पाहुनाले कोठा बुक गरेपछि हामीले थ्येन चु शानलगायतका दृश्य क्षेत्रहरूको टिकट दिने गर्दछौं।”

    “लौ श स्ये हौ”नामक होमस्टेले ६० परिवारको आम्दानी बढाएको छ। तीमध्ये ९ गरिब परिवार हुन्। हरेक परिवारको आम्दानी ६ हजार चिनियाँ युआनले बढेको छ। ल चे लीन भन्छन् “पहिलेका आबासहरू ध्वस्त हुनेलागेको छन्। हामीले ती आबासहरूको मर्मत गरेका छौँ। हरेक वर्ष हामीले आबासका मालिकालाई भाडा दिने गर्दछौँ। केही परिवारले हामीलाई सागसब्जी रोप्ने, कच्चा पदार्थको खरीद गर्ने, चिया बगैंचाको व्यवस्थापन गर्ने जिम्मा दिन्छन्। वरिपरीका वासिन्दाहरू हाम्रो होमस्टेको संचालनमा संलग्न भएका छन्।”

    थ्येन चु शान बस्ती छेन शान शहरमा सबैभन्दा बढी क वर्गको होमस्टे रहेको बस्ती बनेको छ। थ्येन चु शान बस्तीले हरेक वर्षमा मानिसको हिसाबबाट हेर्दा ५ लाख पर्यटक भित्र्याएको छ। यो बस्तीका चारवटा गरिब गाउँका ७८७ वटा परिवारका २२८७ जना सम्पूर्ण रुपमा गरिबीबाट मुक्त भएका छन्। गरिबी दर १६.६ प्रतिशतबाट घटेर ०.२७ प्रतिशतमा पुगेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।