Logo

२०८३, आश्विन ११गते


images
images

चिनियाँ कम्युनिस्ट पार्टीको  विसौँ महाधिवेशन अक्टाेबर १६ देखि बेईजिँगमा हुने 

चिनियाँ कम्युनिस्ट पार्टीको  विसौँ महाधिवेशन अक्टाेबर १६ देखि बेईजिँगमा हुने 

images
  • चिनियाँ कम्युनिस्ट पार्टीको  विसौँ महाधिवेशन अक्टाेबर १६ देखि बेईजिँगमा हुने 
    images
    images

    एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन आगामी अक्टोबर १६ देखि राजधानी बेइजिङमा आयोजना गरिने भएको छ ।

    images
    images
    images

    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोले मङ्गलबार चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक र २०औँ चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक आयोजना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङको अध्यक्षतामा भएको सो बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन अक्टोबर १६ मा बेइजिङमा आयोजना गर्ने प्रस्ताव गरेको छ ।

    images
    images
    images

    बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ केन्द्रीय समितिको सातौं पूर्ण बैठक अक्टोबर ९ तारिख बेइजिङमा आयोजना गर्ने निर्णय गरेको छ। सम्पूर्ण पार्टी र सिङ्गो राष्ट्रले सबै हिसाबले आधुनिक समाजवादी देश निर्माणको नयाँ यात्रामा अघि बढेकाले २०औँ चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन महत्त्वपूर्ण क्षणमा बोलाइने महाधिवेशन भएकोमा जोड दिइएको बैठकमा उल्लेख गरिएको छ। सो अवसरमा दोस्रो शताब्दी लक्ष्य तिर अगाडि बढ्न पनि आग्रह गरिएको छ।

    images
    images
    images

    महाधिवेशनले चिनियाँ विशेषतासहितको समाजवादको लक्ष्यमा माक्र्सवाद–लेनिनवाद, माओत्सेतुङ विचारधारा, देङ सियाओपिङ सिद्धान्त, तीन प्रतिनिधिको सिद्धान्त र विकासको वैज्ञानिक दृष्टिकोणलाई समर्थन गर्ने र चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङको विचारलाई पूर्णरूपमा कार्यान्वयन गर्ने जनाइएको छ ।

    त्यसैगरी महाधिवेशनले कार्ययोजना र प्रमुख नीतिहरू तर्जुमा गर्ने, पार्टीका सबै सदस्य र देशका सबै जातजातिलाई इतिहासप्रति विश्वास कायम गर्न, ऐतिहासिक पहललाई सुदृढ गर्न, भएका कामका आधारमा नयाँपन र बहादुरीका साथ अगाडि बढ्नको लागि परिचालन गर्ने पनि बताइएको छ ।

    पञ्चक्षेत्रीय एकीकृत योजना र चार-पक्षीय एकीकृत योजनालाई अगाडि बढाउनका लागि पार्टी सदस्यहरू र देशभरका सबै जातजातिका मानिसहरूलाई परिचालन गरिने पनि बताइएको छ । 

    साथै सबैको साझा समृद्धिलाई अगाडि बढाउने, पार्टी निर्माणको महान् नयाँ परियोजनालाई अगाडि बढाउने र मानवताको साझा भविष्यसहितको समुदायको निर्माणलाई प्रवर्द्धन गर्ने गरी समन्वयात्मक ढङ्गले विस्तारित बृहत् रणनीति निर्माण गरिने पनि जनाइएको छ ।

    चीनलाई आधुनिक समाजवादी राष्ट्रको रूपमा निर्माण गर्न र चिनियाँ राष्ट्रको महान् पुनर्जागरणलाई सबै पक्षमा अगाडि बढाउनका लागि सबै पार्टीका सदस्यहरू र देशका सबै जातजातिका जनतालाई एकसाथ काम गर्न परिचालन गरिने बताइएको छ ।

    महाधिवेशनले अन्तराष्ट्रिय र घरेलु परिस्थितिको गहन समीक्षा गर्दै नयाँ युगमा पार्टी र देशको विकासका लागि नयाँ आवश्यकताका साथै जनताका नयाँ अपेक्षालाई व्यापक रूपमा बुझ्ने गरी निर्णय लिने छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।