Logo

२०८३, आश्विन ९गते


images
images

पर्यटकिय गन्तब्य सराङ्गकोट टपमा ब्यापारिक स्वार्थ समूहको सक्रियता !

पर्यटकिय गन्तब्य सराङ्गकोट टपमा ब्यापारिक स्वार्थ समूहको सक्रियता !

images
  • सेतोमसी सहकर्मी
  • पर्यटकिय गन्तब्य सराङ्गकोट टपमा ब्यापारिक स्वार्थ समूहको सक्रियता !
    images
    images

    पोखरा । बिदेशमा समेत प्रख्यात पोखराको मुख्य पर्यटकिय गन्तब्य सराङ्गकोट टपमा ब्यापारिक स्वार्थ समूहको सक्रियता बढेपछि त्यसका विरुद्ध स्थानीय एकजुट भएका छन ।

    images
    images
    images

    सराङ्गकोटको ऐतिहासिक, धार्मिक तथा पर्यटकिय अस्तित्व नै मेटिनेगरी सार्वजनिक जग्गा अतिक्रमणगरी विभिन्न भौत्तिक संरचनाहरु निमार्ण गर्न लागिएको भन्दै स्थानीयबासी संगठित भएका हुन । शनिबार स्थानीयले एक भेला आयोजना गरी 'सराङ्गकोट संरक्षण तथा बिकास अभियान सरोकार समिति' सराङ्गकोट तदर्थ समिति नै गठन गरेका छन । पोखरा महानगरपालिका वडा १८ का धन बहादुर थापाको अध्यक्षतमा ११ सदस्यीय समिति गठन भएको हो ।

    images
    images
    images

    उक्त समितिले स्थानिय समुदायको हितका साथै प्रचलित कानुन बिपरित सराङ्कोट टपमा निर्माण गर्न लागिएको गणेशमुर्तीको काम तत्काल रोक्न माग गरेको छ ।साथै पोखरा महानगरपालिका वडा नं १८ का विभिन्न ठाँउका सार्वजनिक जग्गाको संरक्षणका लागि आन्दोलन घोषणा समेत गरेको छ ।

    images
    images
    images

    सराङ्गकोट टप क्षेत्र वरपर रहेको ५६ रोपनी सार्वजनिक जग्गा सराङ्गकोट धार्मिक एव पर्यटन क्षेत्र बिकास समितिलाई भोगचलनका लागि वडा कार्यालयले सिफारिस गरेकोप्रति आपत्ति रहेको सराङ्गकोट संरक्षण तथा बिकास अभियान सरोकार समितिका संयोजक धन बहादुर थापाले बताए । उनले भने, 'सराङ्गकोट क्षेत्रमा रहेको ५६ रोपनी सार्वजनिक जग्गा माथिको अतिक्रमण र सराङ्गकोटको पुरानो ऐतिहासिक पर्यटकिय क्षेत्र टप नै छेकिने गरि अन्नपूर्ण केवलकारले निमार्ण गर्न लागेको पञ्चमुखी गणेशको मूर्तिले सराङ्गकोटको अस्तित्व संकटमा परेको छ, त्यसलाई तत्काल रोक्नुपर्छ।'

    सराङ्गकोट टप क्षेत्र वरपर रहेको ५६ रोपनी जग्गा मध्यबाट ५ रोपनी क्षेत्रफल बराबरको जग्गामा धार्मिक समितिले अन्नपूर्ण केवलकारलाई गणेश मूर्ति निर्माणको लागि उपलब्ध गराएको हो। अन्नपूर्ण केवलकारले ६० फिट अग्लो पञ्चमुखी मुर्ति निर्माण स्थल सराङ्गकोट टपमा डोजर चलाउँदा टपमा रहेका भौत्तिक संरचनाहरु ध्वस्त हुने अवस्थामा पुगेका छन।

    अन्नपुर्ण केबुलकारमा व्यवसायी कालु गुरुङ लगायतको लगानी रहेको छ । केबलकारले ब्यापार बिस्तारका लागि भन्दै गुरुङले पञ्चमुखी गणेशको मूर्ति निर्माणको योजना अघि सारेका हुन । उनको योजनालाई स्थानीय केहि राजनितज्ञ तथा व्यवसायीहरुले सहयोग र समर्थन गर्दै आएपनि सर्वसाधारणहरुले भने यसको निरन्तर विरोध गर्दै आएका छन ।स्थानीयहरुले सराङ्गकोटको ऐतिहासिक, पर्यटकिय, समाजिक सास्कृति र धार्मिक महत्व माथी चर्चा गर्दै बिभिन्न ब्यापारिक र स्वार्थ समूहले यसको अस्तित्व समाप्त पार्न लागेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

    सराङ्गकोट टपको पर्यटकिय बिकासको मोडेलको बारेमा सरोकारवाला बिच कहिल्यै छलफल नभएको, स्थानिय समुदायलाई जानाकारी समेत नहुने गरी अनावश्यक भ्यु टावर खडा गरिएको, पहिलो शाह बशंका राजा कुलमण्डल शाहसगँ जोडिएको ऐतिहाशिक महत्व, भुमेकाली, चण्डी काली र त्यहाँका काल भैरव धार्मिक महत्वलाई नष्ट गरिएको गुनासो उनीहरुको छ ।

    समितिले छिट्टै आयोजना स्थलमा नै सार्वजानिक सुनुवाई गर्ने, स्थानिय सरकारलाई ध्यानाकर्षण गराउने साथै कानुनी रुपमा अदालतमा पुरात्वतिक महत्वको बस्तु नष्ट गरेको तथा सार्वजानिक जमिन दुरुपयोग गरेको बिषयमा रिट दायर गर्ने गरी योजना बनाइएको तदर्थ समितिका सदस्य टिकाराम तिमिल्सिनाले जानकारी दिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सराङ्गकोट
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।