देवदह । अटो रिक्सा प्रयोग गरी महिला माथि यौन दुव्र्यवहार भएको भन्ने हल्लाले आफुहरुलाई दु:खित तुल्याएको बुद्धमावली अटो व्यवसायी समितिले जनाएको छ । बिहिबार पत्रकार सम्मलेन गर्दै समितिले रुपन्देहीको देवदह (खैरेनी) मा भएको भनिएको महिलामाथिको यौन दुव्र्यवहारमा अटो रिक्साको कुनै संलग्नता नभएको जनाएको हो।
पत्रकार सम्मेलनमा वितरित प्रेस वक्तव्यमा बुद्ध मावली अटो रिक्सा व्यवसायी समितिका अध्यक्ष धनश्याम भण्डारीले महिला माथि हुने हिंसा, विभेद र अपमानजनक व्यवहारको घोर भ्रत्सना गर्दै कुनै पनि अटो रिक्सा व्यवसायी उक्त घटनामा संलग्न नभएको प्रष्ट परेको छ । वक्तव्यमा राज्यको तर्फबाट त्यस्ता गलत कार्यलाई निरुत्साहित गर्ने गरी कदम चाल्न र दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग समेत गरिएको छ।
समितीले यही पुष २ गते भएको घटनालाई लिएर अटोरिक्सा प्रयोग गरी अपहरण शैलीमा महिलामाथि जवर्जस्ती यौनजन्य दुर्ब्यबहार भएको भन्ने घटनामा सत्यता नरहेको दावी गर्दै हल्लाको पछि नलाग्न समेत आग्रह गरेको छ । वक्तव्यमा भनिएको छ, "अटो रिक्सा प्रयोग गरी महिला माथि यौन दुव्र्यवहार गरिएको भन्ने कलोकल्पित भनाईले अटो व्यवसायी दुखित तुल्याएको छ। अटो रिक्सा व्यवसायीले नगरेको घटनामा व्यवसायीहरुलाई प्रहरी चौकीसम्म पु¥याएर मानसिक र सामाजिक रुपमा टर्चर गरिएको घटनाले व्यवसायीहरूको सामाजिक मर्यादामा आंच पुगेको छ। "
समितीले समाजमा अपराधजन्य कुनै पनि घटना हुन नदिन आफुहरु प्रतिवद्ध रहेको जनाउदै अटो रिक्साको यात्रा सुरक्षित, मर्यादित र भरपर्दो भएको जनाएको छ।
पत्रकार सम्मेलनमा वितरित प्रेस वक्तव्य:

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology