Logo

२०८३, आश्विन १०गते


images
images

वडा कार्यालयद्वारा उपभोक्ता समितिलाई प्रशिक्षण

वडा कार्यालयद्वारा उपभोक्ता समितिलाई प्रशिक्षण

images
  • वडा कार्यालयद्वारा उपभोक्ता समितिलाई प्रशिक्षण
    images
    images

    गुल्मी । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयले  उपभोक्ता समितिलाई प्रशिक्षण दिएको छ । वडा नम्बर ५ काे छापहिलेमा वडा कार्यालयले वडामा विभिन्न काम गर्न गठन भएका उपभोक्त समितिलाई प्रशिक्षण दिएको हाे ।

    images
    images
    images

    उपभोक्ता समितले पारदर्शी तरिकाले काम गर्ने, बिल भरपाइ बनाउने, अनुसुचि फारम, भुक्तानी माग लगायतका  बिषयमा र उपभोक्ता समितिले त्यहाँका जनताकाे उपस्थितिमा काम गर्ने बिषयहरुमा प्रशिक्षण भएको वडा अध्यक्ष रेखा कुमार जिसिले बताए । 

    images
    images
    images

    उनले वडामा हुने हरेक कामहरुमा सबै जनताले जानकारी लिन पाउँने भएकाले वडाका हरेक काम सकेर उपभोक्ता समितिले त्यहाँका उपभोक्तालाई भेला पारेर खर्च सार्वजनिक गरेर मात्र बिल भरपाइ पास गर्नुपर्ने बताए ।

    images
    images
    images

    वडा अध्यक्ष जिसिले वडामा गठन भएका उपभोक्ता समितिले सहि काम गरे गरेनन् भनेर अनुगमन त्यहाँका उपभोक्ताले पनि गर्नुपर्ने र गलत काम गरेको भेटिए वडामा खबर गर्न उनले आग्रह गरे ।

    प्रशिक्षण कार्यक्रममा गाउँपालिका साहेक पाचौं गाेपाल सेनले उपभोक्ता समितिले काम गर्दा माइन्ट र बिल भरपाइहरु यथार्थ बनाउँनु पर्ने बताए  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मालिका गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।