Logo

२०८३, आश्विन १०गते


images
images

मालिकाको निति तथा कार्यक्रममा कृषि र शिक्षालाई प्राथमिकता 

मालिकाको निति तथा कार्यक्रममा कृषि र शिक्षालाई प्राथमिकता 

images
  • मालिकाको निति तथा कार्यक्रममा कृषि र शिक्षालाई प्राथमिकता 
    images
    images

    गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि नीति तथा कार्यक्रम प्रस्ताव प्रस्तुत गरेको छ ।
    बुधबार दोस्रो गाउँसभाको पहिले अधिवेशनमा गाउँपालिका अध्यक्ष देवीराम अर्यालले नीति तथा कार्यक्रमको प्रस्ताव पेस गरेका हुन ।

    images
    images
    images

    विशेषगरी  नीति तथा कार्यक्रमले जनताको आर्थिक विकास र पर्यटन प्रवर्द्धन संगै शिक्षामा जोड दिएको छ । जनताको जीवन स्तर उकास्न र समृद्ध मालिका गाउँपालिका निर्माण गर्नको लागि कृषि र पशुपालनको माध्यम बाट आर्थिक विकास गर्ने अध्यक्ष अर्यालले बताए ।

    images
    images
    images

    जसको लागि पकेट बाली कार्यक्रम ,कृषिमा आधुनिकीकरण र यान्त्रीकीकरण,माटो परिक्षण शिविर सञ्चालन गरि उत्पादन बढाउने,सबै वडामा अलैंची खेती विस्तार गर्ने,सबै वडामा दुध संकलन केन्द्र स्थापन गर्ने र किसानको दुध गाउँपालिकाले खरिद गर्दै बजारको ग्यारेन्टी गर्ने, उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरंतरता दिने,बाली तथा पशु विमा कार्यक्रम लागू गरि कृषकलाई सुरक्षीत र व्यवसायीक बनाउने, बादर तथा बँदेल नियन्त्रण गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

    images
    images
    images

    त्यस्तै गाउँपालिकाका पर्यटकीय क्षेत्रको उचित प्रवर्द्धन गर्दै प्याराग्लाइडिङको व्यवसायीक उडान गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नियमित उडानको लागि निजी क्षेत्र र नागरिकको सहभागीतामा गरिने बताईएको छ ।

    त्यस्तै घरेलु उद्योगमा सालको पात बाट दुना ,टपरी र बास बाट डोको ,डालो,मान्द्रो उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्ने । कोदो ,आल्चा बाट बन्ने स्थानीय मदिरालाई ब्राण्डिङ्ग र प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

    त्यस्तै प्रत्येक वडामा एक वटा नमुना विद्यालय सञ्चालन गरि गुणस्तरीय शिक्षा प्रदान गर्ने र बसाइँसराइ रोक्ने उदेश्य लिईएको छ ।
    सबै नागरिकलाई स्वास्थ्य बिमामा पहुँच बढाउने र अति विपन्न गरिब जनतालाई सहुलियतमा स्वास्थ्य बिमा गरिदिने,घरघरामा खानेपानीपानीको धारा पुराउने,कला सस्कृतीको संरक्षण गर्ने ,खरको छाना मुनि रहेका २०० घरपरिवारलाई सुरक्षीत आवास निर्माण गरिदिने ,सडकको स्तर उन्नति गर्ने जस्ता नीति तथा कार्यक्रम अध्यक्ष देवीराम अर्यालले प्रस्तुत गरेका छन ।


    त्यस्तै ड्राईभिङ्ग,प्लम्बिङ्ग,कुकिङ्ग,सिलाइ कटाई तालीम सञ्चालन गरि रोजगारी प्रदान गर्ने र गाउँ फर्क प्यारा तथा उत्कृष्ट बुहारी सम्मान कार्यक्रम सञ्चालन गरिने बताईएको छ ।


    कलमजिवी पत्रकारहरुको पत्रकारिता पेशा प्रति सम्मान गर्दै सिर्जनशील, रचनात्मक र असल पत्रकारिता मार्फत गाउँपालिकाको समृद्धि र विकासमा टेवा पुराउने पत्रकारलाई सम्मान तथा पुरस्कार मार्फत उत्प्रेरणा जगाईनेछ नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।
    आज देखि सुरु भएको गाउँ सभामा सभाका सदस्य हरुले सुझाव सङ्गै आफ्नो क्षेत्रका समस्याको बारेमा विषय वस्तु उठाएको छ  । साथै भोलि पनि सभाका सदस्यले सुझाब दिने र पर्सि अर्थात् असार १० गते सभामा बजेट प्रस्तुत हुने छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मालिका गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।