Logo

२०८३, आश्विन ९गते


images
images

चुनावमा एक हजारमा बिक्ने हो भने जनता हैन आफुलाइ जन्तु घोषणा गरौं 

चुनावमा एक हजारमा बिक्ने हो भने जनता हैन आफुलाइ जन्तु घोषणा गरौं 

images
  • सेतोमसी सहकर्मी
  • चुनावमा एक हजारमा बिक्ने हो भने जनता हैन आफुलाइ जन्तु घोषणा गरौं 
    images
    images

    पछिल्लो समय देशको राजनैतिक अबस्थालाई हेर्दा सबैको मनमा आगो दन्किन्छ। कारण हो नेता गिरीको भाडभैलो । जनताको आशा र भरोसाको किरण बनेका पार्टीहरु आज आफैंमा लडिरहेका छन्। स्थानीय स्तरमै सिंदरबार आयो भनेर सबैका मनमा खुसी छाएको थियो तर सिंह मात्रै  आयो दरबार आएन । 

    images
    images
    images

    अहिले चर्किएको राजनैतिक विषय अनि अबको यो यात्रा कता  मोडीएला यो सायदै कसैलाई थाहा होला। आफ्नै पार्टीका कार्यकर्ता अहिले एक अर्कामा विपक्षी बनिरहेका छन् । अब त जनताले पनि यस्तो सोच्न थाले देश बनाउनेहरु एक अर्कामै लड्दा ठिक्क छ। हामी अब पनि उनीहरूकै कुरा सुनेर मूर्ख बनिरहेका छौं। 

    images
    images
    images

    फेरि पनि चुनावमा उही एक हजारमा बिक्ने हो भने हामी जनता हुँदै होइनौं । आफुले आफैलाइ किनबेच गरिने जन्तु घोषणा गरौं।

    images
    images
    images

    जनताको गुनासो छ, चुनाव आउँदा घरघरमा आएर शिर निहुराएर जाने हरु जब उनीहरूका दिन आउँछ अनि हामीले बाटोमा देखेर बोलाउँदा पनि कोल्टे परेर हिँड्छन् यो रहेछ राजनीति। स्थानीय सरकार आयो तर कसका लागि आयो आज सम्म बुझ्न सकिएको छैन, जनताको गुनासो छ ।

    आखिर किन हुन्छ यस्तो? किन मिल्न सक्दैनन् राजनैतिक दल एक अर्कामा? 
    समाज अनि देश बनाउन पद नै चाहिन्छ भन्ने छैन भन्ने आज शब्दमा मात्र सुन्न पाइन्छ। तर सबैलाई कुर्ची नै चाहिएको छ। पार्टीमा बसेर खोक्रो भाषण गरेर जनतालाई मूर्ख बनाएर जितिने रहेछ संसार । को छ यहाँ देशका लागि निडर भई काम गर्ने? यदि एउटाले गरिहाले पनि अर्को आउँछ पछाडिबाट तान्नलाई। 

    देशमा कस्ता राजनैतिक दल छन् भन्ने जब चुनाव आउँछ अनि थाहा पाइन्छ । बोल्न पनि कतिसम्म झुट बोलेको हेर्नुहोस् त ! जसले समाजका लागि केही गर्दैन उही समाजसेवी, जसले जनताका समस्यालाई कुल्चेर हिँड्छ उसलाई गरिन्छ सम्मान। यहाँ नेता मात्र यस्ता छैनन। जो समाजका लागि अगुवा बनेका छन् सबै उस्तै रहेछन् । 

    हुन त एउटा मानिसलाई आफ्नो परिवार चलाउन गाह्रो हुन्छ भने देश चलाउन त के सजिलो होला र ?  देश र जनताका लागि काम गर्छु भनेर अगाडि बढेका उच्च स्तरका 
    व्यक्तिलाई नौं महिना सम्म पनि टिक्न दिँदैनन् यहाँ । अनि कसरी चल्थ्यो देश । तर अहिले पाँच वर्षका लागि आएको वर्तमान सरकारमा पनि ठूलो पहिरो गएको छ। एक ढिक्का भएका पार्टी आज आफैंमा विपक्षी बनेर एक अर्कामा बोलीको गोली हान्दै बसेका छन् । अनि जनता उनीहरूकै रमाइलो हेरेर बसेका छन् । हुन पनि के गर्नु जनताले । चुनाव आउँदा एक हजारमा बिक्ने जनता आज पछुताएर के गर्न सकिन्छ र ?

    अब त जागौ सबै अब पनि माथिकै लड़ाई हेर्दै बस्ने हो भने एक दिन हाम्रोको अस्तित्व हराएर जानेछ। यदि जनता एक ढिक्का हुने हो भने कसैको अधिकार खोसिने छैन। तर फेरि पनि चुनावमा उही एक हजारमा बिक्ने हो भने हामी जनता हुँदै होइनौं । आफुले आफैलाइ किनबेच गरिने जन्तु घोषणा गरौं । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।