Logo

२०८३, आश्विन ९गते


images
images

विद्यार्थीलाई अंगरक्षा तथा कानुनी सचेतना तालिम

विद्यार्थीलाई अंगरक्षा तथा कानुनी सचेतना तालिम

images
  • विद्यार्थीलाई अंगरक्षा तथा कानुनी सचेतना तालिम
    images
    images

    पोखरा । गुरु फिजिकल ट्रेनिङ सेन्टरको आयोजनामा पोखरा ३२ को ब्रह्म रुपा माध्यमिक विद्यालयमा भएको १ हप्ते अंग रक्षा सम्बन्धी तालिम तथा कानुनी चेतना कार्यक्रम सम्पन्न भएको छ ।पोखरमहानगरपालीका र पोखरा ३२ को सहयोगमा मङ्सिर २८ देखि पुष ५ गते सम्म संचालित कार्यक्रमको समापन गर्दै विद्यालय व्यबस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डीतले विद्यार्थीलाई लक्षित तालिममा सिकेको सिपलाई व्यहारमा ल्याउनका साथै अरुलाई पनी बाँडनुपर्ने धारणा राखे उक्त अवसरमा वडा नं ३२ का वडा तिर्थ सुयलले आजको समयमा अंगरक्षा तालिम अपरिहार्य रहेको बताए ।  

    images
    images
    images

    सदस्य शोभा बि.कले वडाको अन्य विद्यालयमा पनि अंगरक्षक र कानुनी सचेतना तालिम लैजानुपर्ने बताइन् ।  वडा सदस्य सावित्री पण्डीत महिलाको क्षमता विकासमा तालिमले सहयोग पर्‍याएको बताइन् । धर्म वस्नेतले निवर्तमान वडा सदस्य संम्भावतित दुर्घटनाबाट बच्नको लागि तालिमको आवस्यकता परेको बताए ।विद्यालयका प्रध्यानध्यापक जनार्दन सुवेदी विद्यार्थीको क्षमता अभिबृदिको लागि अन्य कार्यक्रमको पनि आवस्यक परेको बताए ।

    images
    images
    images

    अन्य कार्याक्रम गर्नको लागि जनप्रतिनिधीको ध्यान दिनुपर्ने बताए । कक्षा १० की छात्रा डीम्पल बि.कले अंगरक्षक तथा कानुनी सचेतना कार्यत्रलमले सकरात्मक उर्जा दिएको बताइन् ।

    images
    images
    images

    कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरुलाई लक्षीत गरी आयोजना गरीएको तालीममा करिब ५ सय विद्यार्थी सहभागी रहेका छन् । गुरु फिजिकल ट्रेनिङ सेन्टरका संचालक सुरेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विजय नेपालीले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।