Logo

२०८३, आश्विन ९गते


images
images

भाडा बढाएपछि  पोखरा औद्योगिक क्षेत्रमा कालो झण्डा 

भाडा बढाएपछि  पोखरा औद्योगिक क्षेत्रमा कालो झण्डा 

images
  • सेतोमसी सहकर्मी
  • भाडा बढाएपछि  पोखरा औद्योगिक क्षेत्रमा कालो झण्डा 
    images
    images

    राजेश पराजुली, पोखरा । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले देशभर भाडा बढाएपछि त्यसको असर पुरै औद्योगिक क्षेत्रमा परेको छ । लिमिटेडले ४ सयदेखि ७ सय प्रतिशतसम्म भाडा दर बढाएपछि पोखरा औद्योगिक क्षेत्रमा लिमिटेडको कार्यालय मूलगेटमा कालो झण्डा र ब्यानरसहित उद्यमीहरु आन्दोलित भएका छन् । 

    images
    images
    images

    ०७५ सालमा तय गरिएको भाडादरमा आगामी ५ वर्षसम्म भाडा नबढाउने सम्झौता भएपनि सोही वर्षको साउनदेखि नै ७ सय प्रतिशत बढाइएको उद्यमीहरुले जनाएका छन् । कोभिडको अन्त्यसँगै बढाइएको भाडामा जरिवानासहित बुझाउन भन्दै अहिले पत्र काटिएपछि उनीहरु आन्दोलित भएका हुन् । 

    images
    images
    images

    त्यसपछि लिमिटेडले ताकेता गर्न थालेपछि उद्यमीहरु लिमिटडेको मुलद्वारमै ब्यानर र झण्डा टाँग्न बाध्य भएको पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष सुरेश श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार यहाँ ६ सय ८४ प्रतिशत भाडा बढाइएको छ ।

    images
    images
    images

    यस दर अनुसार पहिले प्रतिरोपनी ८ हजार रुपैयाँ वार्षिक बुझाइरहेका उद्यमीहरुले अहिले ५४ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । त्यस्तै, उक्त क्षेत्रमा निर्माण भएको भवनमा पनि लिमिटेडले अतिरिक्त रकम लिने गरेको छ । 

    यस विषयलाई सल्टाउन लिमिटेड र उद्योग संघको छलफल तय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । यद्यपि, समस्या सम्बोधन भइहाल्ने विश्वास नभएको श्रेष्ठ बताउँछन् । 

    पञ्चकन्या मेटल इन्जिनियरिङ्का गणेशप्रसाद बाँस्तोलाले नवीकरण गर्ने बेला भएको सम्झौताविपरित भाडा बढाइएको गुनासो गरे । पछिल्लो समय ४० वर्ष समय थप गरेको र त्यसपछि भाडा बढाएर अन्याय गरेको उनको आरोप छ ।

    कोभिडकाबीच मारमा परेकोबेला त्यसलगत्तै चर्काे भाडावृद्धि गरी उद्यमीलाई देशमा गरिखान नदिने वातावरण बनाउँदै लगेको उनले उल्लेख गरे । ‘हामीले गरेको लगानीबाट देशले आर्थिक विकासमा खर्च गर्न पाइरहेको छ’ बाँस्तोला भन्छन् ‘तर सरकार उद्यममैत्री हुनुकोसट्टा भाडा उठाएर खान पल्किएको छ ।’
    देशमा भएका उद्योगधन्दालाई विस्तार गर्ने वातावरण नबन्दा धेरै उद्यमीले विदेशमा लगानी गर्न थालेको उनको भनाई छ । उनले भने, ‘सरकारले उत्पादनमूलक उद्योगलाई अहिले भन्सारदेखि बजारसम्म अप्ठेरो स्थिति सिर्जना गरिदिएको छ ।’

    लिमिटेडका पोखरा क्षेत्रीय प्रबन्धक किशोरकुमार पाण्डेका अनुसार उद्यमी र लिमिटेडबीचको गाँठो फुकिहाल्ने अवस्था छैन । भोली (सोमबार) छलफल हुने भएपनि यस विषयलाई सम्बोधन गर्ने एजेन्सी लिमिटेड नभई उद्योग मन्त्रालय नै भएको उनले प्रष्ट्याए । 

    ‘झट्ट हेर्दा लिमिटेडले भाडादर बढाएको देखिए पनि यसमा मन्त्रालयकै हात छ’ पाण्डे भन्छन् ‘यसको सम्बोधन गर्ने निकाय मन्त्रालय हो तर हालसम्म कुनै चासो लिएको देखिदैँन ।’ उद्यमीहरुले समायानुकूल भाडा बढाए कुनै आपत्ति नभएको जनाउ गरेपनि ७ प्रतिशतसम्म गरिएको वृद्धिदर अस्वभाविक भएको उनले घुमाउरो शैलीमा स्वीकार गरे । 

    सरकारलाई विकासे गतिविधिलाई निरन्तरता दिन आर्थिक स्रोतको खाँचो भएको र भाडा खानकैलागि औद्योगिक क्षेत्र सन्चालन नगरेको बताउँदै देशको ढुकुटी भर्न राज्य लगानी गरेको उनको दाबी छ । 

    लिमिटेडले तराईका क्षेत्रमा ४ सय प्रतिशतको हाराहारीमा भाडा बढाएको छ भने सबैभन्दा बढी बालाजु, पाटन र पोखरामा ७ सय प्रतिशतसम्म वृद्धि गरेको छ।
     
    संघले ‘असमान र अन्यायपूण तथा विभेदकारी भाडा वृद्धिदर खारेज गर्’, ‘सबै उद्योगमा एकल भाडादर कायम गर’ र वार्ता र सहमतिमा नयाँ भाडादर निर्धारण गर’ भन्ने मागसहित विरोधमा उत्रिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।