गुल्मी । 'ठुलाे सन्जे' पर्दैछ तर रातपर्न लागेको पिरलाे कसैलाई छैन ।आईतवार ठाडाबाटाकाे स्वामिक रुखकाे चौपारीमा त्याे क्षेत्रका मात्र हाेईन, जिमिरखर्क, टाेक्दि, भँडारथुम, चितपाने, बुढाआँप र माथिल्लो च्यूरेककाे बिसौना जाउनपाटासम्मका दाजुभाइ दिदीबहिनी र दाजुभाइ जम्मा भए ।
झमक्क साँझ पर्दा एउटा सानाे पिकअप भरि बाख्रा ल्याईयाे। बाख्रासँगसँगै रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ का वडा सदस्य घनस्याम ज्ञवाली आए। हेफरका कार्यक्रम सँयाेजक शँभु पन्थी, रुरुक्षेत्र गाउँ पालिकाका पशु विकास अधिकृत अमीत ज्ञवाली हेफर प्राेजेक्टका प्राविधिक सँयाेजक रमेश ज्ञवाली, हेफरकै सामाजिक सहजकर्ता मीना अर्याल ज्ञवाली र गाेमा पन्थी स्वामीका रुखकाे चौपारीमा देखापरे ।
साँझ ढल्नै लाग्दा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली पनि आईपुग्दा च्यूरेककाे ठाडाबाटमा एउटा उत्सव जस्तै माहौल बन्याे । स्थानीय शिव पार्वती महिला समूहले आयाेजना गरेकाे कार्यक्रममा हेफरले बाख्रा उपहार बितरण गर्ने याे कार्यक्रम सन्जे ढल्नै लाग्दा सुरुभयाे ।
बाख्रा बितरण कार्यक्रममा बाेल्दै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले आमा दिदी बहिनी हरुलाई उधमशिल बन्न आग्रह गरे । उनले भने, "समयक्रमकाे विकासले आवश्यकता पनि बढेका छन त बढेका आवस्यकता पुरा गर्न सबैले केही न केही गर्नु पर्छ।" त्यसैले स्वावलम्बी बन्न जागरुक बन्नु पर्ने बताए ।
अध्यक्ष ज्ञवालीले भने, "हामीलाई काम गर्न जिताउनु भएकाे हाे तपाईंहरुकै सल्लाह सुझावमा हामी जनमुखी काम गर्छौँ । उनले आश्वस्त पार्दै भने जनताको काम गर्न हामीलाई कसैले राेक्न सक्दैन ।"
बाख्रा उपहार कार्यक्रममा आफ्नो कुरा राख्दै हेफरका कार्यक्रम सँयाेजक शम्भु पन्थीले बाख्रा बितरण कार्यक्रमले महिलाहरुकाे आय आर्जनमा मद्दत पुर्याउने बताए ।
कार्यक्रमका सभापति समेत रहेका रुरुक्षेत्र गाउँपालिकाका वडा सदस्य घनस्याम ज्ञवालीले सित्तैमा पाएका बाख्रा भन्ने नसाेँचेर राम्राे पालन पाेषण गर्न सल्लाह दिँदै वडाले बितरण गरिएका बाख्राकाे बेलाबेलामा गाेठमै पुगेर अनुगमन गर्ने बताए ।
हेफरले अर्घाखाँचीबाट खरिद गरि ल्याएका १८ वटा पाठी आईतवार साे क्षेत्रमा बितरण गरेका हाे । हेफर अर्थात नेपाली शव्द काेरेली गाई याे संस्थाले रुरुक्षेत्र गाउँ पालिका सँग मिलेर महिला र युवा उधमशिलताका लागि कृषि र पशुपालनका क्षेत्रमा काम गरिरहेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology