पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको पृथ्वी चन्द्र अस्पतालका डाक्टरहरू ओ.पि. डी. सहितका सेवा बन्द गरी आन्दोलनमा उत्रिएपछि उपचार गर्न आएका विरामी बिना उपचार फर्किएका छन्। टाढाबाट उपचार गर्न अस्पताल आएका बिरामीलाई 'भगवानको अर्कों रूप' भनिने चिकित्सकहरूले नै उपचार नगरेपछि अस्पतालमा उनीहरूको बेहाल भएको भएको हो ।
नवलपरासी रामग्राम वडा नम्बर २ का गर्भवती महिलाकाे अपरेसन गर्दा गलत नसा काटिएर बच्चाको मृत्यु भएकाे र महिलाको अवस्था गम्भीर भएपछि पिडित परिवारले लामो समयदेखि न्याय माग्दै आन्दोलन गर्दै आएका थिए। पिडित परिवार र स्थानीयको आन्दोलनपछि अस्पतालका मेसु डा. नुरूल हाेदा र अस्पतालका ब्यवस्थापक समितीका अध्यक्षले पिडित परिवारलाई उपचार खर्च दिने विषयमा शुक्रवार जिल्ला प्रशासन कार्यालयमा सहमती भएकाे थियो।
उक्त सहमतिपछि अस्पतालका चिकित्सक र प्राविधिकहरूले काम गर्न असुरक्षित रहेको र आफुहरूलाई 'अभद्र व्यवहार' गर्नेलाई कारवाहीको माग गर्दै अस्पतालको सेवा अबरुद्द गरेका हुन्।
अस्पतालका चिकित्सक र प्राविधिकहरूले जिल्ला प्रशासन कार्यलयमा प्रमुख जिल्ला अधिकारी ज्ञापन पत्र समेत बुझाएका छन् ।
पिडीत महिलाका परिवार सहित स्थानियहरूले विराेध प्रदर्शन गरेपछि डाक्टरहरूलाई अभद्र व्यवहार भएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र दिएर काम गर्न बन्द गरिएको अस्पतालका सुचना अधिकारी छम बहादुर अधिकारी सुरेन्द्रले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology