रामकरन हरिजन, पश्चिम नवलपरासी । नवलपरासी रामग्राम वडा न. २ का गर्भवती महिलाकाे अपरेसन गर्दा बच्चाको मृत्यु भएकाे खुलेको छ। पिडित महिलाका परिवार दुधई हरिजनका अनुसार असाेजमा गर्भवती महिलाले पृथ्वी चन्द्र अस्पतालमा अपरेसन गर्दा गलत नसा काटिएपछि डाक्टरले एम्बुलेन्स बाेलाई रिफर गरेका थिए ।
गर्भवती महिलाकाे अपरेसन गर्दा अर्कै नशा काटिपछि अस्पतालमा विवाद हुँदा डाक्टर नुरल हुदा उपचार खर्च दिन सहमती भएका थिए । महिलाकाे दिन प्रतिदिन अवस्था गम्भीर हुँदै गएकाे अवस्थामा पडित परिवारले पृथ्वी चन्द्र अस्पताका डाक्टरले उपचार खर्च नदिएपछि अस्पतालमा विराेध प्रदर्शन गरेकाे स्थानियहरूले बताए ।
पश्चिम नवलपरासीका पृथ्वी चन्द्र अस्पतालमा प्रत्येक वर्ष डाक्टरहरूकाे लापर्वाहीका कारण बिरामीकाे मृत्यु भएकाे पिडित बताउछन ।
विराेध प्रदर्शन चर्किदै जादा नेपाल प्रहरी र शसस्त्र प्रहरीले पृथ्वी चन्द्र अस्पतालका मेसु डाक्टर नुरूल हाेदा र अस्पतालका ब्यवस्थापकका समितीका अध्यक्ष महेन्द्र गुप्तालाई जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन ।
जिल्ला प्रशासन कार्यालयमा छलफल गर्दा डाक्टरले पिडित परिवारलाई उपचार खर्च दिने सहमती भएकाे पिडित महिलाका परिवार दुधई हरिजनले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology