Logo

२०८३, आश्विन ९गते


images
images

लिटरेचर फेस्टिभलको दशौं संस्करण: ५० बढी सेसन र सांगीतिक साँझ हुने 

लिटरेचर फेस्टिभलको दशौं संस्करण: ५० बढी सेसन र सांगीतिक साँझ हुने 

images
  • सेतोमसी सहकर्मी
  • लिटरेचर फेस्टिभलको दशौं संस्करण: ५० बढी सेसन र सांगीतिक साँझ हुने 
    images
    images

    पोखरा ।  बुकवर्म फाउन्डेसनको आयोजनामा नेपाल लिटरचेर फेस्टिभलको दशौं संस्करण पुस ६ गतेदेखि सुरु हुने भएको छ ।  बुकवर्म फाउन्डेसनको आयोजनामा सञ्चालन हुने फेस्टिभल यही पुस ६ देखि ११ सम्म वाराहीघाट, लेकसाइड पोखरामा हुने शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो 

    images
    images
    images

    यस वर्षको फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान छ । यसैगरी फेस्टिभलको प्रर्वद्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा प्रतिष्ठान रहेको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ । फेस्टिभलका अघिल्ला संस्करणझैं यस वर्ष पनि देशविदेशका करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ । फेस्टिभलमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिनेछन् । फेस्टिभलमा दैनिक हजारौ साहित्यानुरागी भेला हुने आयोजकको आकलन छ ।

    images
    images
    images

    यस वर्ष फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलङ्काली लेखक सेहान करुणातिलका, लेखक एवम् पत्रकार अक्षय मुकुल, सह प्राध्यापक एवम् लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तित्वहरूको सहभागिता हुँदै छ । साथमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा। भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवम् लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, लेखक बुद्धिसागर, सुविन भट्टराई, संगीतकर्मी रज्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका कुमा लिम्बूलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ । साथै यस वर्ष फरक क्षमता भई अब्बल रहेको व्यक्तित्वहरु, दार्चुला, गोरखा मनाङका स्थानीय जनप्रतिनीधिहरुको पनि उपस्थिती रहनेछ ।

    images
    images
    images

    फेस्टिभलमा हरेक दिन सांगीतिक प्रस्तुती रहेका छन् । फेस्टिभलको पूर्व सन्ध्यामा कवि नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुती रहेको छ फेस्टिभलको पहिलोदिन गोपाल योन्जनको सम्झनामा गोपालय सांगीतिक प्रस्तुती रहेको गोपालय गीतकार, गायक तथा संगीतकार गोपाल योन्जनको स्वगारोहणकी २५ वर्षमा उहाँप्रति फेस्टिभलको सम्मान हो यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आधुनिक संगीतमा १०० वर्ष, अनिल शाही र उनको समूहको विशेष साङ्गीतिक प्रस्तुति र रैथानको प्रस्तुती रहेको छ फेस्टिभलको अन्तिम दिन प्रदिप रोदनको महफिल रहने छ ।

    यस्तै फेस्टिभलमा शिक्षा ३ समहरु रहेका छन् साथै फेस्टिभलका ४ दिन बिहान ९ बजेदेखि १०ः ३० बजेसम्म कक्षा ९ देखि १२ सम्मका बालबालिकाको लागि वक्तित्वकला प्रतियोगिताको कार्यक्रम पनि रहेको आयोजक टोलीका विकास रोकामगरले बताए ।

    “शब्दशक्ति उत्सवको एक दशक नारा रहेको दशौं संस्करणको फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री एवं काठमाडौ विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत्प्रवचन रहनेछ । उनले ’नेपाल २०९० शीर्षकमा प्रवचन दिने कार्यक्रम छ ।

    पत्रकार सम्मेलनमा फेस्टिभलका सह–निर्देशक सुजाता खत्रीले दशौं संस्करणको फेस्टिभल आफूहरूका लागि थप विशेष भएको बताए । ‘हामीले गत वर्ष फेस्टिभल आयोजना गर्न पाएनौं । तर यस वर्षको फेस्टिभललाई हामीले विशेष बनाउन खोजेका छौं । त्यसमाथि यस वर्ष दशौ संस्करणको फेस्टिभल हो,’ उनले भनिन्, ‘देशविदेशबाट पाल्नुहुने हाम्रा सबै पाहुनाहरूलाई हामी सुन्दर नगरी पोखरामा स्वागत गर्न आतुर छौं।’

    पत्रकार सम्मेलनमा आयोजक संस्थाकै भरत कोइरालाले सहरको समृद्धि भौतिक पूर्वाधारले मात्र नहुने भन्दै साहित्य पनि समृद्ध हुनुपर्ने बताए । पोखरा र नेपाल लिटरेचर फेस्टिभल पर्याय बनिसकेको कोइरालाले बताए । यस फेस्टिभललाई पोखरावासीहरूले उत्साहपूर्वक प्रतीक्षा गरिरहेको उनको भनाइ छ । 

    आयोजक संस्थाकै केशवशरण लामिछानेले पनि नेपाल लिटरेचर फेस्टिभलले पोखरालाई सुसंस्कृत, व्यवस्थित बनाउन सकिन्छ भन्ने बहस छेड्ने गरेको बताए । तालको सहर, हिमालमुनिको सहर आदि विभिन्न विशेषताले चिनिरहेको पोखरालाई साहित्यको पनि सहर बनाउन फेस्टिभलको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । ‘यस्ता फेस्टिभल अरु पनि यहाँ आयोजना हुनुपर्छ । यसले पोखरालाई फरक पहिचान दिन्छ । हामीले भनिरहेको हिमाल, ताल र सौन्दर्यको सहर पोखरालाई साहित्यको सहर पनि बनाउन फेस्टिभलले सघाइरहेको छ,’ लामिछानेले भने ।

    नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले नाम लिटरेचर फेस्टिभल भएपनि समाजका सबैजसो क्षेत्रका बारेमा बहस गरिने बताए । फेस्टिभल झम्सिखेलको ज्ञान मण्डलाबाट पोखराको बाराहीघाटमा आइपुगेको बताए । फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवम् सरोकारवालालाई जबाफदेही बनाउन सघाउँछ । साथै सचेत समाज निर्माणमा पनि यसले विशेष भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

    समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन पनि यस्ता फेस्टिभलले सहयोग पुयाउने उनले बताए । ‘कोभिडका कारण यसअघिको संस्करण आयोजना गर्न नपाए पनि यस वर्षको फेस्टिभल आयोजना गर्न पाउँदा हामीलाई हर्षित तुल्याएको छ,’ उनले भने । फेस्टिभल दक्षिण एसियाकै एउटा समावेशी मञ्च बन्दै गएकामा आफूहरू गौरवान्वित भएको पनि उनले बताए ।

    ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले कला, साहित्यको मात्रै प्रवर्द्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजकको अनुभव छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।