Logo

२०८३, आश्विन ९गते


images
images

बाटाे बन्याे, बस चलेन 

बाटाे बन्याे, बस चलेन 

images
  • सेतोमसी सहकर्मी
  • बाटाे बन्याे, बस चलेन 
    images
    images

    कृष्ण अन्जान, गुल्मी । सडक सामान्य थियाे।  गाउँकाे बाटाे भएर दैनिक एउटा बस बुटवलतिर जान्थ्यो र  बुटवलबाट एउटा बस आउँथ्यो। तर, बिग्रिएको बाटोमा गुड्ने त्यहि बस पनि सडक स्तरोन्नति भएपछि गुड्न  छाड्यो । याे समस्या हाे, रुरुक्षेत्र गाउँपालिका  वडा नम्बर १ र ३ काे भु-भाग थाेर्गाकाे ।

    images
    images
    images

    जतिबेला सालबिसाउना, झ्वाँले, स्यालपाेखरीकाे  सामान्य ट्र्याख खालिएकाे थियाे। त्यतिबेला बुटवल-बलेटक्सार र टाहाटिम जाने बस याे रुटबाट गुड्न  थालेपछि थाेर्गेलीहरु बुटवलबाट आउँदा गाउँमै झर्न पाउँथे र आँगनबाटै बस चढ्न पाउँथे । बिचमा सडक मर्मतकाे काम शुरु भएपछि करिब एक वर्ष बस गुड्न  छाड्याे र अहिले पनि खासै याे रुटबाट बस गुड्ने गरेकाे छैन ।

    images
    images
    images

    बुटवलबाट टाहाटिम जाने बस बिहान १०:५५ मा छुट्ने र थाेर्गा हुँदै जाने व्यवस्थापन मिलाईएपनि यात्री नपाएकाे भन्दै अहिले बस छुट्दैन ।

    images
    images
    images

    थाेर्गा गाउँकाे च्यूरेक र थानपति क्षेत्रका करिब ७० प्रतिशत नागरिक बुटवल बसाई सरेका छन र दैनिक आवत-जावत भईरहन्छ तर गाउँबाट गएकाे बाटाे छाडेर जँगलतिरबाट जाने तानसेन-रिडी-तम्घास सडककाे सहारा लिनु पर्ने बाध्यता छ ।

    पश्चिम नेपाल बस व्यवसायी समितिले टाहाटिम जाने बस मात्र हाेईन, दैनिक तम्घास जाने र तम्घासबाट आउने बस याे सडकबाट पठाउनु पर्ने माग थाेर्गेेलीकाे छ ।

    सालबिसाउना झ्वाँले, स्यालपाेखरी, पानीटंकी सडककाे ८० प्रतिशत सडक ग्र्यावेल गरि बाटाे चौडा बनाईएकाे छ र सहज रुपमा सवारी तथा ढुवानीका साधनहरु आवत जावत गर्न सक्छन । याे सडक मदन भण्डारी राजमार्गको कनेक्टिङ सडक मात्र हाेईन, थाेर्गेलीहरुका लागि लाईफलाईन हाे ।
     
    लामो समयसम्म थोर्गेली जनताले गाउँबाट जँगल तिरबाट गाडि दगुरेको हेरिरहे। तानसेन-रिडी-तम्घास मोटरबाटो जंगल तिरबाट लगियो त्यहि बाटो कालोपत्रे भयो तर जंगल तिरबाट बाटो गएपछि सडक भएर पनि थोर्गा विकट जस्तो बन्यो । तानसेन-रिडी-तम्घास मोटरबाटोमा झरेर गाउँ आउन धेरै सकस बेहोरे थोर्गेली जनताले । पुरानो पुस्ताले यहि मोटरबाटोलाई गाउँ हुँदै जान दिएनन ।

    गाउँबाट मोटरबाटो गए सामाजिक बिकृति  फैलिन्छ भन्ने अत्यन्तै गलत सोँच र सन्किर्ण मनस्थितिका कारण करिब पचास वर्ष थोर्गेली जनताले कष्ट भोगे । गाउँबाट मोटरबाटो लाने प्रयास त्यतिबेला पनि नभएको होईन तर लाठमुँग्रासम्मको अवस्था सिर्जना भएपछि बाटो गाउँभन्दा करिब दुई किलोमिटर तल जंगलबाट गयो र सडकको सुविधाबाट थोर्गा गाउँ पछि पर्यो ।

    थोर्गेलीहरुले सडकका लागि लामो समय कुर्नु पर्यो तर पछिल्लो पिँढीको सुजबुझ पुर्ण निर्णयले ढिलै भएपनि गाउँको माथिल्लो भाग छिचोल्दै सडकको ट्र्याक खोलियो । पटकपटकको बजेट बिनियोजन पछि सालविसाउना, स्यालपोखरी, पानीटंकी सडकमा ठुला गाडि चल्न सक्ने भए र दैनिक एउटा बस गाउँ हुँदै बुटवल जाने भएसँगै सहजता महशुस गरेका थाेर्गेलीहरु एउटा बस पनि चल्न छाडेपछि मर्कामा परेका छन ।

    लामो समयको कसरत पछि लुम्बिनी प्रदेशका  पुर्व सांसद कमल राज श्रेष्ठको पहलमा सडकका लागि करिब १८ करोडको बजेट प्रदेश सरकारबाट बिनियोजन भए सँगै पन्थ कन्ट्रक्सनलाई परेको ठेक्कामा यो सडकको स्तरोन्नति शुरु गरिएकाे छ।  जुन याे सुखद हाे तर  स्तरोन्नति  भएकाे सडकमा बस चल्न नसक्नु दु:खद पक्ष हाे । 

    मुख्य रुपमा जनताका लागि सर्वसुलभ रुपमा आवागमन मिलाउने र दैनिक तम्घासबाट बुटवल र बुटवल जाने बस याे सडक भएर जाने व्यवस्था मिलाउन स्थानीय निकाय र सराेकारवालाहरुकाे ध्यान जानु  जरुरी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।